पुष्पलालबाट दीक्षित भएर नयाँ पार्टी बनाएँ - माधव नेपाल | Khabarhub Khabarhub

पुष्पलालबाट दीक्षित भएर नयाँ पार्टी बनाएँ – माधव नेपाल


७ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको शिक्षाबाट दीक्षित भएर नै नयाँ पार्टी खोलेको बताएका छन् ।

पुष्पलालको ४४औं स्मृति दिवसको अवसरमा कीर्तिपुरको चम्पादेवीमा आयोजित श्रद्धाञ्जली सभामा उनले पुष्पलालको शिक्षाबाट दीक्षित भएर नेकपा समाजवादी पार्टी निर्माण गरेको बताएका हुन् । ‘पुष्पलालको शिक्षा र दिक्षाबाट दीक्षित भएका हामीले नेकपा समाजवादी पार्टी क्रान्तिकारी पार्टी निर्माण गरेका छौं । त्यसको छुटै अस्तित्व छ ।’ उनले भने। आफ्नो पार्टी अरु भन्दा फरक रुपमा प्रस्तुत भएर उभिएको दाबी अध्यक्ष नेपालको छ।

आफूहरुले नेपालको इतिहासमा कीर्तिमान कायम गरेको पनि उनले बताए ।‘अहिले हाम्रो काँधमा अनेक चुनौतिहरु छन आत्तिनुपर्ने कुनै कारण छैन । नेपालको इतिहासका पानाहरु निर्माण गरेका छौं । हामीले इतिहासमा कीर्तिमान कायम गरेका छौं ।’ सम्बोधनका क्रममा नेता नेपालले भनेका छन् ।

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  १० : ३० बजे

ओली उवाच र शास्त्र : चतरामा शल्यक्रिया गरेकै थिए त ऋषि सुश्रुतले ?

काठमाडौं – सुनसरीको चतराधामस्थित भवानीथानका जङ्गलमा प्रशस्त बिजयसाल पाइन्थे ।

एउटै दमकलको भरमा लमजुङका आठ पालिका 

लमजुङ– गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ एउटा मात्र दमकलको भरमा

कास्कीको लुम्ले र इलाममा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले कास्कीको लुम्ले र आसपासको

हात्तीको त्रास : घर भत्कियो, अन्न सखाप

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका– १ दोमिल्ला, साउन २ गतेको मध्यरात

रुससँग चाँडो युद्ध विराम गर्नुपर्ने युक्रेनको प्रस्ताव

किभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले चाँडो युद्ध विराम गर्नुपर्ने