दोषी ठहरिएकाबाट चार करोड ३६ लाख जरिवाना असुल गर्न बाँकी « Khabarhub

दोषी ठहरिएकाबाट चार करोड ३६ लाख जरिवाना असुल गर्न बाँकी


७ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दी जिल्ला अदालतले विभिन्न समयमा गरेको फैसलामा दोषी ठहरिएकाहरूबाट  ७८२ वर्ष दुई महिना १४ दिन कैद र चार करोड ३६ लाख ९६ हजार ८८३ जरिवाना असुल उपर गर्न बाँकी छ । कार्यान्वयन गर्न बाँकी मुद्दा विसं २०५५ देखि यताका फैसलाका हुन् । गत आर्थिक वर्षमा ४८० वर्ष नौ महिना २३ दिन कैद र एक करोड ८४ लाख ८९ हजार ६०३ जरिवाना असुलउपर भएको  अदालतका नायब सुब्बा ताराबहादुर थापाले बताए । 

‘गत आवमा अघिल्लो आर्थिक वर्षदेखि  जिम्मेवारी सरेर आएका १४ र गत आवमा थपिएका ३१ वटामध्ये गत आवमा ३३ वटा मुद्दाको फैसला कार्यान्वयन भएको छ,’ उनले भने, ‘फैसला कार्यान्वयनका लागि जिल्ला प्रहरी, स्थानीय प्रशासन, मालपोत, नापी, स्थानीय तह र वडा कार्यालयमा लगत पठाएर सहयोग माग्नका साथै विभिन्न समयमा कर्मचारी खटाउने गरिएको थियो ।’

दोषीलाई पक्राउ गरेर ल्याउनेलाई जरिवानाको २५ प्रतिशत र कैद सजायको एक महिनाको रु १५० का दरले प्रोत्साहन रकम उपलब्ध गराइने व्यवस्था छ । व्यक्ति पहिचान हुन नसक्नु, विदेश तथा बसाइँसराइ गरेर जानु, समुदायबाट पर्याप्त सहयोग नहुनु, स्रोतसाधन र जनशक्तिको अभावका कारण फैसला कार्यान्वयनमा समस्या देखिएको छ ।

जिल्ला अदालतले आर्थिक वर्ष २०७८/७९ मा ४७९ मुद्दा फछर्यौट गरेको थियो । अघिल्लो आर्थिक वर्षको जिम्मेवारी सरेका १९१  र त्यस वर्ष ४३९ वटा मुद्दा दर्ता भएका थिए । अदालतका स्रेस्तेदार तेजनारायण पौडेलले ४७९ मुद्दा फछर्यौट र १५१ वटा आर्थिक वर्ष २०७९/८० का लागि जिम्मेवारी सरेको जानकारी दिए । ‘अठार महिनाभन्दा बढी समय नाघेका मुद्दाको सङ्ख्या शून्य छ,’ उनले भने, ‘मुद्दाको चाप बढे पनि कार्ययोजना बनाएर जति सक्दो छिटो मुद्दा फछर्यौट गर्ने गरेका छौँ ।’ स्रेस्तेदार पौडेलका अनुसार चालु आर्थिक वर्षमा जिम्मेवारी सरेकामध्ये ३० वटा मुद्दा एक वर्षदेखि १८ महिना भित्रका हुन् । 

आर्थिक वर्ष २०७७/७८ मा ४३६ मुद्दा दर्ता भएकामा २४५ र आर्थिक वर्ष २०७६/७७ मा ३३१ मुद्दा दर्ता भएकामा १७८ फछर्यौट भएका थिए ।  सबैभन्दा बढी सम्बन्ध विच्छेदका ३०५ मुद्दा दर्ता भएकामध्ये  २६४, अंशसम्बन्धी ४४ मध्ये २१, लेनदेनसम्बन्धी ४६ मध्ये २३, जबर्जस्ती करणीका २३ मध्ये १० र सवारी ज्यानका १५ मध्ये १० वटा फछर्यौट भएका थिए ।

जिल्ला न्यायाधीश तेजनारायण पौडेलले पछिल्लो समय सम्बध विच्छेदका मुद्दा बढेका र चेक अनादरसम्बन्धी मुद्दा आउन थालेको बताए । गत वर्ष १३ चेक अनादरसम्बन्धी मुद्दा दर्ता भएकामा चार, अपुतालीसम्बन्धी दुईमध्ये दुबै, घरेलु हिंसाका सातमध्ये पाँच, जालसाजीको आठमध्ये दुई, जबर्जस्ती करणी उद्योगका पाँचमा सबै, कर्तव्य ज्यानका नौमध्ये  पाँच र ज्यान मार्ने उद्योगका नौमध्ये सात मुद्दा फछर्यौट भएका थिए ।

आधुनिक जीवनशैली, सहरी क्षेत्रमा बसाइँसराइ, पारिवारिक विचलन, आर्थिक हिनामिना र बालविवाहका कारण लगायत  वैदेशिक प्रयोजनका लागि पनि सम्बन्ध विच्छेद हुने गरेको छ । जापान, अस्ट्रेलिया, क्यानडा, अमेरिकालगायत देशमा डिपेन्डेन भिसामा जानका लागि सम्बन्ध विच्छेद गर्नेहरू पनि रहेका छन् । 

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  १२ : २२ बजे

गाजामा इजरायली आक्रमण, एकै परिवारका चार जनाको मृत्यु 

एजेन्सी– गाजामा विहीबार भएको इजरायली आक्रमणमा दुई बच्चासहित एउटै परिवारका

राष्ट्रपति कार्यालयका प्रवक्ता भन्छन् : कोही पनि मन्त्री बन्नेबारे हामीलाई पत्र आएको छैन

काठमाडौं- राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले कोही पनि मन्त्री बन्ने

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री

आफ्नै पार्टीको सरकारसँग रास्वपा महामन्त्री असन्तुष्ट

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिन आचार्यले प्रतिनिधिसभामा

फाइनान्स कम्पनीहरूको वित्तीय सूचक : यस्तो छ, पुँजी पर्याप्तता, खराब कर्जा र सिडि रेसियोको अवस्था

काठमाडौं– नेपाल राष्ट्र बैंकले विसं. २०८३ असार मसान्तसम्मको अपरिस्कृत वित्तीय प्रतिवेदनका