ट्राफिक प्रहरी कार्यालय पथलैयाद्वारा २२ करोड राजस्व संकलन  « Khabarhub

 ट्राफिक प्रहरी कार्यालय पथलैयाद्वारा २२ करोड राजस्व संकलन 


७ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले आर्थिक वर्ष २०७८/७९ मा २२ करोड बढी राजस्व संकलन गरेको छ । मधेस प्रदेशका आठ जिल्लाका ट्राफिक प्रहरी कार्यालयहरू र मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले गरी रु २२ करोड ४४ लाख ४० हजार ५०० राजस्व संकलन गरेको हो ।

आठ जिल्लामा सबैभन्दा बढी जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले तीन करोड १७ लाख ६२ हजार र सबैभन्दा कम राजस्व संकलन गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहट रहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले रु एक करोड ७८ लाख ७० हजार पाँच सय मात्र राजस्व संकलन गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बारासमेत रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले तीन करोड ७५ लाख ५६ हजार, सप्तरीले दुई करोड १२ लाख ५१ हजार, धनुषाले एक करोड ९७ लाख ५७ हजार, महोत्तरीको दुई करोड ५३ लाख १९ हजार ५००, सर्लाहीले दुई करोड १६ लाख ३४ हजार ५००, बाराले दुई करोड ४५ लाख ६८ हजार र पर्साले दुई करोड ८५ लाख २१ हजार ५०० राजस्व सकंलन गरेका ट्राफिक प्रहरी कार्यालय पथलैयाको तथ्यांकमा उल्लेख गरिएको छ ।

सो कार्यालयले आर्थिक वर्ष २०७७/७८ मा दुई लाख ५९ हजार एक सय ८८ वटा सवारी साधनबाट रु १९ करोड १६ लाख ३७ हजार राजस्व सकंलन गरेको थियो ।

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  १२ : ४६ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन