प्रेस युनियनको मतदान अझै सुरु भएन « Khabarhub

 प्रेस युनियनको मतदान अझै सुरु भएन


७ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नयाँ नेतृत्व चयनका लागि अझै मतदान सुरु भएको छैन ।

निर्वाचन समितिले मतदाता नामावली टाँस गरिसकेको भए पनि प्रतिनिधि विवादका कारण मतदान सुरु नभएको केन्द्रिय सदस्यका उम्मेदवार तेजन खडकाले जानकारी दिए ।

निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार बिहान ११ बजेदेखि मतदान शुरु हुनु पर्ने थियो भने दिउँसो ४ बजे सम्म तोकिएको मतदान सकिएपछि शनिबार नै गणना गर्ने तालिका थियो ।

जारी अधिवेशनमा १ हजार ६ सय ३० जनाले मतदान गर्नेछन्। नयाँ नेतृत्वका लागि संस्थापन र इतर निकटका पत्रकारको दुई वटा प्यानल छन्, जसअनुसार संस्थापन पक्षको तर्फबाट अध्यक्षमा अनिता विन्दु र इतर पक्षबाट शिव लम्सालको प्यानल प्रतिस्पर्धामा छ ।

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  १२ : ४२ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन