'बिपीको सिद्धान्त छाडेका छैनौँ' | Khabarhub Khabarhub

‘बिपीको सिद्धान्त छाडेका छैनौँ’


७ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बिपीको सिद्धान्त कांग्रेसले नछाडेको बताएका छन् ।

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको चालीसौँ स्मृति दिवसका अवसरमा तनहुँको भानु नगरपालिका–६ बरभञ्ज्याङ बुद्धसिं पार्कमा आज आयोजित वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेस सधैँ बिपीको पथमा हिँडिरहेको बताए  । बिपीले भनेका विषयलाई समय सापेक्ष परिवर्तन गरिए पनि बिपीको आदर्श र सिद्धान्तलाई छाड्न नसकिने पौडेलको भनाइ थियो । 

वरिष्ठ नेता पौडेलले पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने बताए । गठबन्धनका विषयमा कुनै विवाद नरहेको भन्दै वरिष्ठ नेता पौडेलले लोकतन्त्र बचाउन र संविधान रक्षाका लागि पनि गठबन्धन आवश्यक रहेको धारणा राखे । 

वरिष्ठ नेता पौडेलले प्रत्येक गाउँमा पोखरी र चौतारी बनाउनुपर्ने बताए । पोखरी र चौताराको सभ्यतालाई कायम गर्नुपर्ने बताउँदै पौडेलले भने, ‘पहिला पहिला सबै गाउँमा पोखरी र चौतारा हुन्थे, यसले गाउँको सुन्दरता थपेको थियो, आजभोलि हराउँदै जान थालेको छ । यसलाई संरक्षण गर्नुपर्छ ।’

वरिष्ठ नेता पौडेलले तनहुँमा कांग्रेसको नेतृत्वमा धेरै काम सुरु भएकाले यसलाई सम्पन्न गराउने जिम्मेवारी पनि कांग्रेसको भएको बताए । ‘मेरो नेतृत्वमा धेरै पूर्वाधारका काम भएका छन्, यसलाई सम्पन्न गराउनेतर्फ म तीव्र गतिमा लागिरहेको छु,’ पौडेलले भने  । 

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  १ : २३ बजे

भरतपुर महानगरमा दुई अर्बभन्दा बढीको क्षति

चितवन– जेनजी प्रदर्शनका क्रममा भरतपुर महानगरपालिकामा दुई अर्ब रुपैयाँ भन्दा बढीको

तीन दिनभित्र क्षतिको विवरण निकाल्ने सहरी मन्त्रालयको तयारी

काठमाडौं– सहरी विकास मन्त्रालयले तीन दिनभित्र आगलागीबाट क्षति भएका भौतिक

व्यावसायिक सुरक्षा सुनिश्चित गर्न पर्यटन व्यवसायीको माग

गण्डकी– पोखरा पर्यटन परिषद्ले पर्यटन क्षेत्रमा व्यावसायिक सुरक्षा कायम राख्न

जेन-जीका सुदन गुरुङको पत्रकार सम्मेलनमा कुटाकुट, घुसपैठ भएको दाबी

काठमाडौँ- ‘हामी नेपाल’का संयोजक सुधन गुरूङलाई जेन-जी युवा र पत्रकारहरूले

खण्डहर बनेको प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय (तस्बिरहरू)

काठमाडौं– २०३० सालको आगलागी र २०७२ सालको गोरखा भूकम्पले क्षति