एचआइभी सङ्क्रमितको सङ्ख्या बढ्दै  | Khabarhub Khabarhub

एचआइभी सङ्क्रमितको सङ्ख्या बढ्दै 


७ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला– दार्चुलामा एचआइभी सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको छ । गत आर्थिक वर्षसम्म जिल्ला अस्पतालबाट ४२ जना सङ्क्रमितहरूले एआरटी सेवा लिइरहेका छन् । गत वर्ष तीनजना एचआइभी सङ्क्रमित थपिएका छन् । 

अहिले जिल्ला अस्पतालबाट सेवा लिनेमध्ये २० पुरुष, २० महिला तथा दुईजना बालबालिका छन् । जिल्ला अस्पताल दार्चुलाका एआरटी काउन्सिलर लोकेन्द्र सिंह धामीले दिएको जानकारीअनुसार ४२ मध्ये एकजनाको एचआइभी एड्सकै कारण गत आर्थिक वर्षमा मृत्यु भयो । आर्थिक वर्ष २०७०/७१ वटा जिल्लामा एआरटी सुरु भएयता एचआइभी एड्सका कारण ६ जनाको ज्यान गएको छ ।

लेकम गाउँपालिका–१ सर्मौलीका ती युवक अन्तिम अवस्थामा अस्पताल पुगेका कारण बचाउन नसकिएको उनले बताए । धनगढीको सेती अस्पतालमा दुई पटक उपचारमा गए तर बच्न सकेनन् । भारतमा मजदुरी गरेर फर्किएका ती युवकमा एचआइभी सङ्क्रमण अन्तिम अवस्थामा पुगेको थियो ।

उनका अनुसार जिल्लाको महाकाली नगरपालिकामा पाँच महिला तीन पुरुष गरी आठ जना, शैल्यशिखर नगरपालिकामा पाँच महिला चार पुरुष गरी नौजना एचआइभी सङ्क्रमित छन् । मालिकार्जुन गाउँपालिकामा ६ महिला, चार पुरुष, लेक गाउँपालिकामा चार महिला, चार पुरुष र एक नाबालक, मार्मा गाउँपालिकामा तीन पुरुष र एक नाबालक तथा दुहुँ गाउँपालिकामा दुईजना पुरुषमा एचआइभी सङ्क्रमित रहेको धामीले जानकारी दिए ।    

जिल्लाको अपि हिमाल गाउँपालिका, नौगाड गाउँपालिका तथा व्यास गाउँपालिकामा एचआइभी सङ्क्रमित फेला परेका छैनन् । दार्चुलामा सङ्क्रमितहरूको सङ्ख्या बढ्नुको मुख्य कारण असुरक्षित यौनसम्पर्क हो । भारतसँग सिमाना जोडिएकाले पनि दार्चुलामा एचआइभीको जोखिम झन् बढेको जनाइएको छ। यहाँका अधिकांश नागरिक भारतमा मजदुरी गर्न जान्छन् ।

लामो समयसम्म भारतमा मजदुरी गर्दा असुरक्षित यौन सम्पर्क गरेर फर्किँदा घरपरिवारमा समेत एचआइभी सङ्क्रमण फैलाउने गरेका छन् । सङ्क्रमितहरूलाई हेर्ने समाजको दृष्टिकोण परिवर्तन नहुँदा पनि महिला पुरुष समयमै उपचारका लागि खुल्न नसक्दा जोखिम बढ्दै गएको छ । 

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  १ : २९ बजे

गत आर्थिक वर्षमा ९ अर्ब ४१ करोड राजस्व सङ्कलन

वीरगञ्ज– आन्तरिक राजस्व कार्यालय वीरगञ्जले गत आर्थिक वर्ष (आव)मा ९

भारी वर्षाको पूर्वानुमान : विपदबाट बच्न प्रधानमन्त्री ओलीको अनुरोध

काठमाडौं – मौसम विज्ञान विभागले आइतबार देशका विभिन्न ठाउँमा भारी

शिक्षासहित पाँचवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा संसदीय समितिको बैठक

भियतनाममा डुङ्गा पल्टिदा ३४ जनाको मृत्यु

भियतनाम – भियतनाममा खराब मौसमका कारण पर्यटक चढेको डुङ्गा पल्टिदा

ओली उवाच र शास्त्र : चतरामा शल्यक्रिया गरेकै थिए त ऋषि सुश्रुतले ?

काठमाडौं – सुनसरीको चतराधामस्थित भवानीथानका जङ्गलमा प्रशस्त बिजयसाल पाइन्थे ।