पुष्पलालको प्रेरणाले एमाले सबल भएको ओलीको दाबी « Khabarhub

पुष्पलालको प्रेरणाले एमाले सबल भएको ओलीको दाबी


७ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपाका संस्थापक महासचिव पुष्पलालले दिएको योगदानको प्रेरणा लिएर आज यो ठाउँमा आइपुगेको बताएका छन् । ४४औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आज आयोजना भएको कार्यक्रममा अध्यक्ष ओलीले पुष्पलालले देखाएको सत्कर्मकै कारण एमाले आज यस स्थानमा आइपुगेको बताए।  

पुष्पलालले पुर्‍याएको योगदानकै कारण आज सचेत सङ्गठित, विस्तृत परिवर्तनकारी सबैभन्दा सबल शक्तिका रुपमा एमाले रहेको दाबी गरे । कार्यक्रममा पुष्पलाल र अरू शहीदहरूले देखाएको बाटोबाट अलि कति पनि विचल्लित नभईकन  ‘समृद्ध नेपाल, सुखी नेपाली’ र स्वतन्त्र नेपाल बनाएर छोड्ने सङ्कल्प उनले पुनः दोहोर्‍याए । 

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले भने, ‘अग्रजलाई सम्मान गरिरहँदा फराकिलो मनको साथ अगाडि बढ्नुपर्छ ।’ उनले कार्यकर्तालाई पुष्पलालका काम, विचार, योगदानको प्रेरणा लिएर अघि बढ्नु आग्रह गरे ।  

पुष्पलालको जीवनको चर्चा गर्दै अध्यक्ष ओलीले नेपालको राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनमा उहाँले पुर्‍याएको योगदानको स्मरण गरेका थिए । सोही अवसरमा अन्य विभिन्न पार्टीबाट करिब २० जना एमालेमा प्रवेश गरेका थिए ।

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  २ : ०८ बजे

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, १५औँ महाधिवेशनलगायत विषयमा छलफल हुने

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

स्याङ्जामा ‘एक सामुदायिक वन, एक पोखरी’ अभियान

स्याङ्जा- स्याङ्जामा ‘एक सामुदायिक वन, एक पोखरी’ अभियानअन्तर्गत यस वर्ष

सार्वजनिक लेखासहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो

म्याग्दीको घारा हाइड्रोपावरमा पहिरो: एक जना बेपत्ता

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घारा हाइड्रोपावरमा माथिबाट पहिरो