करारमा कर्मचारी भर्नाको नाममा कार्यकर्तालाई जागिर खुवाएको आरोप  « Khabarhub

करारमा कर्मचारी भर्नाको नाममा कार्यकर्तालाई जागिर खुवाएको आरोप 


७ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– गोलबजार नगरपालिकाका नगर प्रमुख श्यामकुमार श्रेष्ठले पूर्वमेयरले करारमा कर्मचारी भर्नाको नाममा कार्यकर्तालाई जागिर खुवाएको आरोप लगाउका छन् । यही कारण त्यस्ता कर्मचारीको करार अवधि नथप्ने उनले प्रष्टयाएका छन् ।

नगर प्रमुख श्रेष्ठले पत्रकार सम्मेलन गर्दै गोलबजार नगर कार्यपालिकाको ३० असारमा बसेको बैठकले करारमा रहेका कर्मचारीको करारअवधि असार मसान्तमा स्वतः सकिएको अवस्थामा कार्यपालिकामा जननिर्वाचित नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका प्रतिनिधिसमेतको सहमतिमा करार अवधि थप नगर्ने निर्णय गरेको प्रष्ट पारे । 

गोलबजार नगरपालिकामा पूर्वमेयरले करारका कर्मचारीका नाममा एउटै घरको तीन तीन जनालाई करारमा राखेको बताए ।

गोलबजार नगरपालिकामा बिहीवार नगरप्रमुखको  कार्यकक्ष तोडफोड भएको विषयमा मेयर श्रेष्ठले आयोजना गरेको पत्रकार सम्मेलनमा भने, शान्तिपूर्ण आन्दोलन भनिए पनि माओवादीका कार्यकर्ता र केही करारका कर्मचारीले सिटी बजाउँदै उगशैलीमा ढुंगामुंढा गरे’ ।  ‘मैले गल्ती गरेको छु भने कानुन छ, मविरुद्ध मुद्दा हाल्दा हुन्छ, मलाई कानुनले जे सजाय दिन्छ भोग्न त्यार छु ।’

माओवादी केन्द्रले गोलबजार नगरपालिका  कर्मचारी निस्कासन गरेको भन्दै विरोधका विभिन्न कार्यक्रम घोषणा गरेको छ । माओवादी कार्यप्रति आपत्ती जनाउँदै जनता समाजवादी पार्टीका प्रतिनिधि रामचलितर साहले नगरपालिकाभित्र गरिएको ढुंगामुढालगायत तोडफोड घटनाप्रति खेद प्रकट गरेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  २ : ३८ बजे

रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न, जात्रा विधिवत् सुरु

ललितपुर – ‘वर्षा र सहकालका देवता’का रूपमा पुजिने रातो मच्छिन्द्रनाथको

जुम्लामा नौ महिनामा २९ प्रतिशत मात्रै पुँजीगत खर्च, विकास आयोजनाको प्रगति कमजोर

जुम्ला– चालु आर्थिक वर्ष २०८२/०८३ को नौ महिनामा जुम्लामा पुँजीगत

सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले सुशासन र समृद्धिका लागि सरकारले काम

सर्वोच्च अदालतको फैसला स्वीकार गरेर अघि बढ्ने देउवा पक्षका नेताहरुको निष्कर्ष

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षका नेताहरुले सर्वोच्च अदालतको

पर्वतको जलजलामा बायो कम्पोष्ट मल उद्योग सञ्चालन

पर्वत– पर्वतको जलजला गाउँपालिका–४ खोलाखेतमा स्थानीयले सामूहिक रूपमा लगानी गरेर