कांग्रेसलाई तर्साउन एकताको हल्ला फिँजाइयो : प्रदिप ज्ञवाली | Khabarhub Khabarhub

कांग्रेसलाई तर्साउन एकताको हल्ला फिँजाइयो : प्रदिप ज्ञवाली


७ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले कांग्रेसलाई तर्साउनका लागि वाम गठबन्धन र बाम एकताको फन्दा चलाइएको बताएका छन् । प्रेस चौतारी नेपाल रूपन्देहीले बुटवलमा शनिबार आयोजना गरेको पत्रकार भेटघाटमा ज्ञवालीले कांग्रेसलाई तर्साउन र चुनावका लागि बार्गेनिङ गर्न वाम गठबन्धनको हल्ला फिँजाइएको दाबी गरे ।

कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बन्नेगरी मात्र गठबन्धन गर्ने भनी गरेको निर्णयबाट सत्ता साझेदार अन्य दलले पसिना काढेको चर्चा गर्दै उपमहासचिव ज्ञवालीले भने, ‘अलि पहिले प्रधानमन्त्रीको अफर आयो भन्ने फन्दा चलाइएको थियो, त्यो फेल खायो, अब वाम एकताको फन्दा चलाइएको छ ।’

कांग्रेसले चुनाव जित्दा खुसी मनाउनेहरूलाई वामपन्थी मान्न नसकिने भन्दै उनले एमालेको नेतृत्व स्वीकार गरेर देश विकास र समृद्धिको एजेण्डा मिल्नेहरूसँग भने चुनावी एकता हुन सक्ने बताए ।

गठबन्धन नगरी चुनाव जितिन्न भन्ने सोचमा एमाले नरहेको दाबी गर्दै उपमहासचिव ज्ञवालीले एमाले सत्ता प्राप्त गर्नकै लागि जोसँग पनि लहसिनुपर्छ भन्ने मान्यताबाट टाढा रहेको बताए । ‘सत्ता नै सबै कुरा हो भनेर जोसँग पनि लहसिने काम एमालेले गर्दैन’ ज्ञवालीले भने ।

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  २ : ५७ बजे

सतह सिँचाइको व्यवस्था नभएका क्षेत्रमा वैकल्पिक सिँचाइ

नारायणगढ– सतह सिँचाइको व्यवस्था नभएको नौ सय हेक्टर क्षेत्रफलमा वैकल्पिक

इरानमा बस दुर्घटनामा २१ जनाको मृत्यु, ३० घाइते

एजेन्सी – इरानको दक्षिणी क्षेत्रमा शनिबार एउटा बस दुर्घटना हुँदा

मोरङमा जंगली हात्तीको आक्रमणबाट एक वर्षमा पाँच जनाको मृत्यु

बेलबारी– मोरङको बेलबारीमा जंगली हात्तीको आक्रमणबाट यसै साताको आइतबार ४५

नहरमा डुबेर एक जनाको मृत्यु

लम्की– कैलालीको लम्की चुहानगरपालिका– ६ बाघमारा, रानीजमरा कुलरिया सिँचाइ आयोजनाको

काठमाडौं महानगरको कक्षा ११ र १२ को छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२-०८३ का लागि कक्षा