कांग्रेसले अहंकार देखाउन थाल्यो : माधव नेपाल | Khabarhub Khabarhub

कांग्रेसले अहंकार देखाउन थाल्यो : माधव नेपाल


७ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहमा पहिलो दल बनेपछि कांग्रेसले अहंकार देखाउन थालेको बताएका छन् ।

शनिबार काठमाडौंमा नेपाल तामाङ संघ समाजवादीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेपालले आफ्नो पार्टीको मद्दतले नै स्थानीय निर्वाचनमा कांग्रेस पहिलो दल भएको भन्दै पहिलो पार्टी बनेपछि कांग्रेसले अहंकार देखाउन थालेको बताएका हुन् ।

उनले अहिले कांग्रेसले नै आफ्नो पार्टीलाई प्रयोग गरेर आफैलाई बुर्कुसी मार्ने हो कि भन्ने डर पैदा भएको समेत बताए । उनले दुईतिहाइको फुर्ती देखाएकोलाई सडकमा फालेर इतिहासमा नै नयाँ किर्तिमान बनाएको जिकिर गरे ।

अध्यक्ष नेपालले गठबन्धनको डम्फु नबजाई पार्टीलाई सुदृढ बनाउने स्पष्ट पारे । त्यस्तै उनले कम्युनिष्ट पार्टी दुईतिहाइमा पुगेपनि त्यसको सही उपयोग गर्न नसकेको उल्लेख गरे । नेपालले केही व्यक्तिमा अहंकार बढेको र निरंकुश प्रवृति हावी भएका कारण नै कम्युनिष्ट पार्टी विभाजित भएको तर्क गरे  । 

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  ४ : ३२ बजे

देशभर बदली, राति यी स्थानमा हुनेछ भारी वर्षा

काठमाडौं – आजदेखि देशभर मौसम बदली सुरु भई ठाउँठाउँमा भारी

चलचित्र भवन सोमबारदेखि खुल्ने

काठमाडौं – ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र

गाईघाटमा तरकारीको मूल्य दोब्बर बढ्यो

उदयपुर – जेनजी पुस्ता’को आन्दोलनदेखि सेनाको निषेधाज्ञासम्मको अवस्था बिस्तारै हटेपछि

मन्त्रिपरिषद् विस्तार : यी तीन मन्त्रीले भोलि लिनेछन् सपथ

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आइतबार तीन जना मन्त्रीको नाम

रास्वपाको भर्चुअल बैठक : सुमनाले पार्टी छोड्नुको कारणबारे छानबिन हुनुपर्ने माग

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय, प्रदेश र जिल्ला