कृषिजन्य सामग्रीको निर्यातभन्दा आयात बढी « Khabarhub

 कृषिजन्य सामग्रीको निर्यातभन्दा आयात बढी


७ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तु निर्यातभन्दा आयात बढी भएको क्वारेन्टिन कार्यालय काँकडभिट्टाले जनाएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा यो नाका भएर  आठ अर्ब ३५ करोड ६५ लाख ८७ हजार बराबरको कृषिजन्य सामग्री नेपालबाट भारतलगायत तेस्रो मूलक निर्यात भएको छ । सोही अवधिमा भारतलगायत अन्य मुलुकबाट नौ अर्ब चार करोड ९० लाख ६३ हजारको सामग्री आयात भएको छ ।

निर्यातको तुलनामा करिब रु एक अर्ब बढीको सामग्री नेपालतर्फ आयात भएको कार्यालयको तथ्यांकले देखाएको छ । कार्यालयका बाली संरक्षण अधिकृत दविन्द्र साहुका अनुसार चामल, धानलगायतका खाद्य सामग्री एक अर्ब २१ करोड नौ लाख ४२ हजार, चना, भटमासलगायतका तेलहन एक अर्ब ३६ करोड ५८ लाख ३४ हजार, करेला, भान्टालगायत ताजा तरकारी १४ करोड ८५ लाख ९२ हजार, ताजा फलफूल  ५३ करोड ५२ लाख २४ हजार, इण्डोनेसियन सुपारीलगायत मसलाजन्य सामग्री पाँच अर्ब चार करोड २५ लाख २८ हजार आयात भएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  ५ : ५५ बजे

रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन 

काठमाडौं– भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झना तथा शान्तिको

महिलाले राजविराज अस्पतालबाहिर बच्चा जन्माएकोबारे स्वास्थ्यमन्त्री : लापरबाही देखिए कडा कारबाही गरिन्छ

काठमाडौं- राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै महिलाले बच्चा जन्माएको

हाम्रो पात्रो प्रयोगकर्ताद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख सहयोग

काठमाडौं– नेपालमा हालै गएको विनाशकारी विपद्‌बाट प्रभावित परिवार तथा समुदायको राहत,

इरान-अमेरिका तनाव चुलिँदा इन्धनको मूल्यमा चर्को वृद्धि

वाशिङ्टन डीसी- इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा

कानुन मन्त्री गौतमले झूट बोलेपछि सांसदहरू आक्रोशित, राष्ट्रिय सभामा रोकिएका विधेयक देखाउन चुनौती

काठमाडौं- संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका सांसदहरूले कानुन, न्याय