अफगानिस्तानमा विस्फोट हुँदा एक बालकको मृत्यु « Khabarhub

अफगानिस्तानमा विस्फोट हुँदा एक बालकको मृत्यु


७ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तानको हेल्मण्ड प्रान्तको राजधानी लस्कर गाहबाहिर विस्फोटक पदार्थ विस्फोट हुँदा एक बालकको मृत्यु हुनाका साथै अन्य तीन जना घाइते भएका छन् ।

सूचना तथा संस्कृतिका प्रान्तीय निर्देशकले शनिबार दिएको जानकारी अनुसार बालबालिका सहित केही दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकहरूले कन्टेनरबाट स्क्र्याप धातुहरू ट्रकमा लोड गर्नेक्रममा सो दुर्घटना भएको हो ।

युद्धग्रस्त र आर्थिक रूपमा पिछडिएको अफगानिस्तानमा थुप्रै बालबालिकाहरू जीविकोपार्जन गर्न र आफ्नो परिवारलाई सहयोग गर्न गर्न सडकमा काम गर्न बाध्य छन् ।

अफगानिस्तानलाई संसारमा सबैभन्दा धेरै खानी प्रदूषित देशहरू मध्ये एक मानिन्छ । यहाँ युद्धबाट बचेका खानी र विस्फोटन नगरिएका हतियारहरूले प्रायः मानिसहरूको ज्यान लिने गरेको घटना सार्वजनिक भइरहन्छन् ।

करिब दुई महिनाअघि उत्तरी कुन्दुज प्रान्तमा भएको यस्तै घटनामा दुई बालबालिकाको ज्यान गएको थियो भने एक जना गम्भीर घाइते भएका थिए ।

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  ७ : ५२ बजे

पिएम कपमा आशिफ शेखको दोहोरो शतक : बन्यो नयाँ रेकर्ड

काठमाडौँ – पिएम कप क्रिकेटमा सशस्त्र पुलिस क्लबका ओपनर आशिफ

इटहरी गोल्डकप आजदेखि, एफसी नाइजेरिया र युवा समाज मोरङबीच प्रतिस्पर्धा

सुनसरी– सुनसरीको इटहरीमा आजदेखि १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल इटहरी

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल

बिमस्टेक स्तरीय रेडियोलोजी सम्मेलन र्‍याडकन २०२६ सम्पन्न, डा. कार्की पहिलो अध्यक्ष निर्वाचित 

काठमाडौं- नेपालको रेडियोलोजी क्षेत्रमा एक ऐतिहासिक कोशेढुङ्गा कायम गर्दै पहिलो

पिएम कपमा विनोद भण्डारीको शतक

काठमाडौँ – पिएम कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबका विनोद भण्डारीले