पूँजीवादीको चाकडी नत्यागेसम्म समाजवादको यात्रा सफल हुँदैन : मन्त्री चौधरी « Khabarhub

पूँजीवादीको चाकडी नत्यागेसम्म समाजवादको यात्रा सफल हुँदैन : मन्त्री चौधरी


७ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सहरी विकासमन्त्री मेटमणि चौधरीले अहिलेको समाजले हरेक क्षेत्रमा असल नेतृत्व खोजिरहेको बताएका छन्। उनले नेकपा (एकीकृत समाजवादी) काभ्रेको सम्पूर्ण जनवर्गीय सङ्ठनद्वारा शनिबार धुलिखेलमा आयोजित पार्टीको तर्फबाट नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान समाजले हरेक क्षेत्रमा असल नेतालाई नेतृत्वमा पु¥याउनुपर्छ भन्ने आवाज उठाउन थालेको बताएका हुन् ।

‘वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनले असल नेतालाई नेतृत्वमा पु¥याउनुपर्छ भन्ने सन्देश दिएको छ, अब हामीले हाम्रा बोली–व्यवहार, मनोविज्ञान, दृष्टिकोण र आचरण सुधार गर्नुपर्ने आवश्यकता देखिन्छ, उनले भने । मन्त्री चौधरीले मुलुकले गुणस्तरीय नेतृत्व खोजिरहेको उल्लेख गर्दै चरित्रवान् नेतामात्रै मुलुकको नेतृत्वमा पुग्नसक्ने बताए ।

कार्यक्रममा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य एवं संविधानसभा सदस्य कृष्णप्रसाद सापकोटाले दिउँसो समाजवादको नारा घन्काएर राति पूँजीवादीको चाकडी नत्यागेसम्म समाजवादको यात्रा सफल नहुने बताए । उनले भने, ‘अवसरको समानता नै समाजवाद हो, यसका लागि निश्चित कार्यक्रम हुनुपर्छ, उत्पादनको साधनमा समानता प्राप्त गर्नुपर्दछ ।

कार्यक्रममा पार्टीका जिल्लाध्यक्ष एवं मण्डनदेउपुर नगरपालिका प्रमुख टोकबहादुर वाइका, बागमती प्रदेशसभा सदस्य लक्ष्मण लम्साल, जिल्ला समन्वय समितिका प्रमुख दीपककुमार गौतम, समाजवादी युवा सङ्घका केन्द्रीय सचिव भेषराज शाहलगायतले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन गरेका थिए ।

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  ८ : ०८ बजे

लोकन्त्रलाई खतरा छैन, खतरा भए जनताले जोगाउँछन् : सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा लोकतन्त्रमाथि कुनै

गगन र रविले अब ‘क्रम भङ्ग’ गर्दै देश बनाउनुपर्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारका

गगनलाई रवि लामिछानेको सुझाव- देउवालाई फकाउनुभन्दा छोडिदिनु नै उपयुक्त हुन्छ

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

सरकार ढल्छ भन्ने मान्छे ढल्ला, सरकार ढल्दैन : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार नढल्ने बरु

गगन थापालाई प्रचण्डले भने – निरन्तरताको क्रमभङ्ग भयो, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस्

काठमाडौँ – नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति