सरकार ढल्छ भन्ने मान्छे ढल्ला, सरकार ढल्दैन : सभापति लामिछाने « Khabarhub

सरकार ढल्छ भन्ने मान्छे ढल्ला, सरकार ढल्दैन : सभापति लामिछाने


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार नढल्ने बरु सरकार ढल्छ भन्ने मान्छे नै ढल्ने टिप्पणी गरेका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले सरकार कमजोर भयो, ढलिहाल्छ भन्ने सुनिएको भन्दै सरकार नढल्ने बरु सरकार ढल्छ भन्ने मान्छे नै ढल्ने बताए ।

‘कहिलेकाहीँ सुनिन्छ, सरकार कमजोर भयो, सरकार ढल्छ, अहिलै ढल्छ, भोलि ढल्छ, दशैंमा ढल्छ, तिहारमा ढल्छ, छठमा ढल्छ, नेपाल संवतमा ढल्छ, ढल्छ की ढल्छ भनेको बढो सुन्छु’, उनले भने, ‘ढल्न त ढल्छ, तर यो पटक पटक सरकार ढल्छ भन्ने मान्छे सरकार नढलेको देखेर बेहोस भएर ढल्छ, सरकार ढल्दैन ।’

उनले यस पटक व्यक्तिलाई चुनेको भन्दापनि जनताले इतिहासलाई बदल्नको लागि सरकार चुनेको बताए ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ५ : ५१ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको