घातक बन्दै डिभाइसको गलत प्रयोग | Khabarhub Khabarhub

घातक बन्दै डिभाइसको गलत प्रयोग


७ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलेकट्रोनिक्स डिभाइसले मानिसको जीवनलाई सहज बनाएको छ। यसै डिभाइसको उपयोग र यसको विकास क्रमसँगै अगाडि बढेको सञ्चार क्षेत्रले संसारलाई साँघुरो बनाएको छ। इलेकट्रोनिक्स डिभाइसका धेरै फाइदा भए पनि यसको प्रयोग गर्दा गरिएको गल्तीका कारण धेरै जना समस्यामा परेका छन्। यस्ता डिभाइसमार्फत् नग्न फोटोहरू बाहिरिएपछि धेरैको बिचल्ली भएको समाचार समेत प्रकाशमा आउन थालेका छन्।

पश्चिमा देशमा अहिले एउटा आतङ्क नै मच्चिएको छ। सामाजिक सञ्जाल रेडिटमा नग्न फोटो अपलोड गर्ने धम्कीसहित महिलालाई ब्ल्याक मेल हुन थालेको छ। यसरी ब्ल्याक मेल गर्दा मतलब नगरे व्यापारिक प्रयोजनकै लागि ती फोटोको प्रयोग हुने खतरा पनि बढेका छन्।
त्यस सञ्जालमा हजारौँ नग्न फोटो राखिएका छन्। धेरै फोटो अलिकति आङ ढाकिएका जस्ता मात्र छन्। त्यहाँ पुरुषले अनेकौँ घिनलाग्दा कमेन्ट गर्ने गरेका छन्। त्यहाँ लेखिएका धेरै कमेन्ट सञ्चार माध्यममा उल्लेख गर्नै नमिल्ने छन्।

एउटा महिलाको फोटो इन्सटाग्रामबाट झिकेर रेडिटमा राखिएको थियो। त्यो नाङ्गो नै त थिएन। तर, त्यस फोटोलाई पनि तल्लो दर्जाको भाषा प्रयोग गरेर प्रतिक्रिया व्यक्त भएको थियो। त्यो सबै थाहा पाएपछि ती महिला पनि वाक्क भएकी छन्।

त्यसता फोटो राख्ने, बेच्ने र यसलाई अन्य विविध किसिमको व्यापारिक प्रयोग गर्नेको ठूलो जमात छ। त्यो जमातले भने आफ्नो परिचय र आफ्नो प्रोफाइल फरक राख्ने गरेको छ। यसरी राखिएको महिलाको तस्बिरमा कुनै अनुमति लिइने गरिँदैन।

यो प्रचलनलाई अहिले ‘रिभेन्च पर्न’ को संज्ञा दिन थालिएको छ। प्राय जसो आफ्नै पुरानो पार्टनरको फोटो र भिडियो अनुमति बिना प्रकाशन गर्ने डरलाग्दो र घातक परिपाटी संसारमा नै बढ्दो छ।

त्यस किसिमका अनेकन् सामाजिक सञ्जालमा महिलामा निजी फोन नम्बर लगायत विवरण पनि सार्वजनिक गरिएका छन्। जसका कारण उनीहरू धेरै जनाबाट ब्ल्याक मेलको सिकार पनि हुने गरेका छन्। रेडिट त एउटा उदाहरण हो। यस्ता समस्या अन्य धेरै सामाजिक सञ्जालमा हुन सक्छन्।

रेडिटले पछिल्लो समय इन्टरनेटको दुनियाँमा धेरै नै प्रभाव पारेको छ। पछिल्लो समय दैनिक ५ करोड व्यक्तिले यसको प्रयोग गर्ने गरेका छन्। बेलायतका अन्दाजी ४० लाख यसका प्रयोगकर्ता छन्। यसका धेरै विषय हानी नगर्ने छन्। तर, समय समयमा विवादास्पद यौनिक विषय समावेश गरिएको आरोप लाग्ने गरेको छ।

सन् २०१४मा सेलीब्रटीले निजी रूपमा राखेका सयौँ व्यक्तिगत फोटो कसैले अनुमति बिना सञ्जालमा राखेको कारण विगतमा धेरै विवाद पनि भएको थियो। त्यसको चार वर्षपछि रेडिटकै ‘डिप फेक’ प्रविधिको व्यापक प्रयोग भएको थियो। यसमा सेलीब्रेटीको अनुहार पर्न फोटोमा लगेर जोडिएको थियो।

यो समस्या बढेपछि अमेरिकाले त कडा कानुन बनाएर अन्य व्यक्तिको फोटो र भिडियो अनुमति बिना प्रयोग गर्नेलाई कारबाही गर्ने नीति लिएको थियो। बेलायत सरकार पनि यसमा सचेत थियो। यसका बाबजुद रेडिटमा यो समस्या रोकिएको छैन।

त्यहाँ संसारमा सबै स्थानमा मानिसको फेटो राख्ने गरिन्छ। दक्षिण एसियाली महिलाको फोटोलाई एकै पटक २० हजारले पछ्याएको र हेरिरहेको समेत पाइएको छ। ती सामग्रीमा प्रतिक्रिया जनाउने पनि त्यसै समुदायका धेरै भेटिन्छन्। उर्दु, बङ्गाली, हिन्दी र पन्जाबी भाषामा प्रतिक्रिया भेट्न सकिन्छ। त्यहाँ भएका आइडीलाई पछ्याउने हो भने धेरै सामाजिक सञ्जाल फलोअर भएका पनि हुन सक्छन्। यिनीहरुमा पुगेपछि आँखा अडिनु स्वाभाविक नै भयो। ती हरेकका बारे अहिले अमानवीय प्रतिक्रिया व्यक्त भएका हुन्छन्।

त्यस साइटको अन्य समस्या नभएको होइन। गोप्य राख्नु पर्ने व्यक्तिगत विवरण राखिएपछि एक महिला सधैँ अनावश्यक सन्देश आउने गरेको कारण आजित भएकी छन्। यसै सञ्जालको प्रयोग गरेर महिलाको नग्न फोटोको व्यापार गर्नेको पनि कमी छैन। धेरै यस्ता फोटोहरू सेल्फी खिचिएका जस्ता छन्। ती फोटोहरू प्राय जसो पार्टनरलाई पठाएका नै छन्। धेरै भिडियो पनि बाहिर आएका छन्। ती भिडियो सहवासको समयमा खिचिएका थिए।

एक महिलाले मुख मैथुन गरेको तस्बिर सार्वजनिक भएको छ। यो फोटो हरेपछि धेरै धम्की आउन थालेका छ। नाम नबताउने ती महिला पूर्वपार्टनरसँग गोप्य रूपमा खिचिएको त्यही भिडियो अहिले सार्वजनिक भएको बताउँछिन्। त्यस फोरममा उनको व्यक्तिगत विवरण समेत राखिएको छ। व्यक्तिगत विवरणले नै उनलाई धेरै मानसिक यातना भएको छ।

तिमीले मसँग सम्पर्क गरेनौ भने तिम्रा अभिभावकका यी सबै भिडियो र फोटो लिएर जान्छु , ब्ल्याक मेल गर्ने धेरैले भन्ने गरेका छन्। पाकिस्तानी ती महिलाको समाजमा विवाह अगाडिको यौन सम्पर्क पूर्ण रूपमा बर्जित छ। अब आउन सक्ने सम्भाव्य खतराको कसरी सामना गर्ने भन्ने बारेमा समेत उनी सोच्न नसक्ने अवस्थामा छिन्।

त्यस घटनापछि ती महिला घरबाट बाहिर निस्कन समेत अप्ठेरो मानेकी थिइन्। समाजको सामान गर्ने हिम्मत उनमा थिएन। आत्महत्याको प्रयास समेत गरेकी उनले अभिभावक सामु यी सबे घटनाको बेली विस्तार लगाएकी थिइन्। अहिले आमा र बाबु नै डिप्रेसनको सिकार भएका छन्। यी सबै घटनाका कारण उनमा आत्मग्लानि भएको छ।

उनले रेडिटसँग सम्पर्क गरेर धेरै महिनाको प्रयासमा ती भिडियो हटाउन लगाइन्। तर, त्यस समयमा सो भिडियो अन्य धेरै सञ्जालमा छरपस्ट भइसकेका थिए। उनलाई यातना दिने जिपोम्याड नामको आइडीको खोजी कार्य भए पनि अझै यकिन भएको छैन। बारम्बार रेडिटले ब्लक गरे पनि उसले फेरि अर्कै ढङ्गले आफूलाई सक्रिय राख्ने गरेको थियो।

अहिले महिलाको नग्न तस्बिरको यो व्यापार संसारकै ठूलो सामाजिक समस्या बनेको छ। यस समस्याबाट संसारका धेरै देश अछुतो छैनन्। ‘केही विचित्र खाले व्यक्तिका कारण यस्ता घटना भएका छन्। संसारका हजारौँ मानिसहरू यस्तो गलत कार्यमा संलग्न छन्’, युनिभर्सिटी अफ डरहामका कानुनका प्राध्यापक कारे म्याकग्लेनले भनिन्। उनका अनुसार चाटमा, एपमा र अन्य वेभ साइटमा यस्ता प्रयोग हुने गरेका छन्।

रेडिटले पनि पीडितलाई सहयोग नगरेको गुनासो सुन्न थालिएका छन्। सात जना महिलाले संयुक्त रूपमा प्रयास गरेकोमा चार त आफूसँग सम्बन्धित सामग्री हटाउन असफल रहे। अन्यले पनि तीन महिनामा बल्ल हटाउन सफल भए। रेडिटले नै भने गत वर्ष ८८ हजार यस्ता सामग्री हटाएको जनाएको छ।

तेस्रो विश्व मात्र होइन, संसारका समृद्ध ठहरिएका देश पनि यसका लागि सङ्घर्ष गरिरहेका छन्। बेलायतकी एक महिला यस्तै समस्या परेपछि प्रहरी कहाँ गएकी थिइन्। उनको पूर्व प्रेमीबाटै भिडियो लिक भएको रहेछ।

अहिलेको सबैभन्दा गम्भीर समस्या दक्षिण एसियाकै हकमा जिपोप्याडको नाममा चलेको एकाउन्ट छ। त्यो यत्ति धेरै घातक छ की त्यसले दक्षिण एसियाली महिलालाई नै आफ्नो निसाना बनाउने गर्छ।

पछिल्लो समय त एउटाको नामबाट अर्को व्यक्तिले फेक अकाउन्ट सञ्चालन गरेर महिलाको नग्न फोटोको व्यापार गरेको घटना पनि सार्वजनिक हुन थालेका छन्। तसर्थ डिभाइसको सही उपयोग महिलाका लागि उपयोगी हुँदै हो। आफ्नो नाममा अन्यले गलत व्यापार गर्नबाट रोक्नका लागि डिजिटल डिभाइस र इन्टरनेटको प्रयोगमा हदैसम्मको सावधानी जरुरी छ। संसारमा आफैले साइड बनाएर आफ्नै फोटो बिक्री गर्नेको कमी छैन। तर, त्यो भन्दा बढी आफ्नो पार्टनरसँगको विश्वासमा गरिएको काम बाहिर आएर धेरै जना बदनाम भएका छन्। स्रोत : बीबीसी, न्यु योर्क टाइम्स

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ८ : १३ बजे

आज २०८१ साल असोज ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज ९ गते बुधबार तदनुसार

१७९ कैदीलाई प्यारोलमा राख्न सिफारिस

काठमाडौं – सङ्घीय प्यारोल बोर्डको बैठकले १७९ जना कैदीलाई प्यारोलमा

इजरायल-हिज्बुल्लाह संघर्ष : सीमा क्षेत्रबाट लाखौं सर्वसाधारण विस्थापित

एजेन्सी – पश्चिम एसियाको इजरायल-लेबनान सीमा क्षेत्रबाट केही दिनभित्रै लाखौं

नेपाल र ओमान बीचको खेल वर्षाले रोकियो

काठमाडौं – आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल र ओमान

नेपाल प्रहरीका १४३ डीएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरीले एकैपटक १४३ प्रहरी नायब उपरीक्षक (डीएसपी)