फलफूल तथा तरकारीको आजको मूल्य : सबैभन्दा सस्तो सेतो मुला, महँगो किवी « Khabarhub

फलफूल तथा तरकारीको आजको मूल्य : सबैभन्दा सस्तो सेतो मुला, महँगो किवी


७ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तोकेको फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार काठमाडौँको तरकारी बजारमा करिब १७ रुपैयाँ ५० पैसादेखि ५७५ रुपैयाँसम्मका तरकारी र फलफूल पाइने भएको छ ।

समितिले सार्वजनिक गरेको मूल्य बमोजिम सबैभन्दा सस्तो सेतो मूला प्रतिकेजी १७ रुपैयाँ ५० पैसा र सबैभन्दा महँगो किवी ५७५ रुपैयाँ तोकेको छ ।

त्यस्तै, ठूलो गोलभेँडाको औसत मूल्य प्रतिकेजी ४२ रुपैयाँ ५० पैसा, भारतीय गोलभेँडाको ५५ रुपैयाँ, लोकल सानो गोलभेँडा २७ रुपैयाँ ५० पैसा, टनेल गोलभेँडा ३२ रुपैयाँ ८० पैसा, मुडेको आलु ५४ रुपैयाँ ६० पैसा, सेतो आलु ५१ रुपैयाँ र सुकेको प्याज ३९ रुपैयाँ रहेको छ ।

त्यस्तै, लोकल गाजर प्रतिकेजी १३५ रुपैयाँ, तराई गाजर ७६ रुपैयाँ ६७ पैसा, लोकल बन्दा र घिरौँला ३५ रुपैयाँ, पाकेको फर्सी ४५ रुपैयाँ, हरियो डल्लो फर्सी ५५ रुपैयाँ, भिण्डी ४५ रुपैयाँ, रायोको साग ११० रुपैयाँ, कन्य च्याउ २२५ रुपैयाँ र डल्ले च्याउ ३२५ रुपैयाँ रहेको छ ।

यसैगरी, कुरिलोको औसत मूल्य प्रतिकेजी ४५० रुपैयाँ, न्युरो ११६ रुपैयाँ ६७ पैसा, इमली १४६ रुपैयाँ ६७ पैसा, तामा १२३ रुपैयाँ ३३ पैसा, कागती २१० रुपैयाँ, निबुवा ७५ रुपैयाँ, अम्बा १२५ रुपैयाँ, अमला ९० रुपैयाँ, अदुवा ७५ रुपैयाँ, आभोकाडो ५२५ रुपैयाँ, अकबरे खुर्सानी ११० रुपैयाँ, भेडे खुर्सानी ६५ रुपैयाँ, चाइनिज सुकेको लसुन १६५  र हरियो धनियाँ ४०० रुपैयाँसम्म पर्नेछ ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  १२ : २४ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब