फलफूल तथा तरकारीको आजको मूल्य : सबैभन्दा सस्तो सेतो मुला, महँगो किवी « Khabarhub

फलफूल तथा तरकारीको आजको मूल्य : सबैभन्दा सस्तो सेतो मुला, महँगो किवी


७ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तोकेको फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार काठमाडौँको तरकारी बजारमा करिब १७ रुपैयाँ ५० पैसादेखि ५७५ रुपैयाँसम्मका तरकारी र फलफूल पाइने भएको छ ।

समितिले सार्वजनिक गरेको मूल्य बमोजिम सबैभन्दा सस्तो सेतो मूला प्रतिकेजी १७ रुपैयाँ ५० पैसा र सबैभन्दा महँगो किवी ५७५ रुपैयाँ तोकेको छ ।

त्यस्तै, ठूलो गोलभेँडाको औसत मूल्य प्रतिकेजी ४२ रुपैयाँ ५० पैसा, भारतीय गोलभेँडाको ५५ रुपैयाँ, लोकल सानो गोलभेँडा २७ रुपैयाँ ५० पैसा, टनेल गोलभेँडा ३२ रुपैयाँ ८० पैसा, मुडेको आलु ५४ रुपैयाँ ६० पैसा, सेतो आलु ५१ रुपैयाँ र सुकेको प्याज ३९ रुपैयाँ रहेको छ ।

त्यस्तै, लोकल गाजर प्रतिकेजी १३५ रुपैयाँ, तराई गाजर ७६ रुपैयाँ ६७ पैसा, लोकल बन्दा र घिरौँला ३५ रुपैयाँ, पाकेको फर्सी ४५ रुपैयाँ, हरियो डल्लो फर्सी ५५ रुपैयाँ, भिण्डी ४५ रुपैयाँ, रायोको साग ११० रुपैयाँ, कन्य च्याउ २२५ रुपैयाँ र डल्ले च्याउ ३२५ रुपैयाँ रहेको छ ।

यसैगरी, कुरिलोको औसत मूल्य प्रतिकेजी ४५० रुपैयाँ, न्युरो ११६ रुपैयाँ ६७ पैसा, इमली १४६ रुपैयाँ ६७ पैसा, तामा १२३ रुपैयाँ ३३ पैसा, कागती २१० रुपैयाँ, निबुवा ७५ रुपैयाँ, अम्बा १२५ रुपैयाँ, अमला ९० रुपैयाँ, अदुवा ७५ रुपैयाँ, आभोकाडो ५२५ रुपैयाँ, अकबरे खुर्सानी ११० रुपैयाँ, भेडे खुर्सानी ६५ रुपैयाँ, चाइनिज सुकेको लसुन १६५  र हरियो धनियाँ ४०० रुपैयाँसम्म पर्नेछ ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  १२ : २४ बजे

ड्रोन आक्रमण बढेको कारण युक्रेनी विश्वविद्यालयद्वारा अनलाइन कक्षा जारी गर्न निर्देशन

कीएभ- रूसले दिनको समयमा पनि आक्रमण गरेको भन्दै युक्रेनको प्रमुख

टी–२० सिरिजमा गण्डकीको विजयी सुरुवात

काठमाडौं– नेपाल भ्रमणमा आएको भुटानको राष्ट्रिय क्रिकेट टिम, गण्डकी प्रादेशिक

असोज ८ देखि हालसम्म विपद्का घटनामा ३५ जनाको मृत्यु

काठमाडौं– अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न

यूएनएचसीआरमा आर्थिक संकट, ८३ लाख विस्थापित सहायता र संरक्षणबाट वञ्चित हुने जोखिममा

जेनेभा- संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकाय (यूएनएचसीआर) ले पर्याप्त बजेट अभावका कारण

सञ्चारमन्त्री तिमिल्सिनाको कोरिया भ्रमण स्थगित

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गणतन्त्र कोरियाको राजधानी