मलेशियाको सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री रज्जाकविरुद्ध १२ वर्षे जेल सजाय सदर « Khabarhub

मलेशियाको सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री रज्जाकविरुद्ध १२ वर्षे जेल सजाय सदर


७ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मलेशियाको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रज्जाकविरुद्धको १२ वर्षे जेल सजायलाई सदर गरेको छ ।

१ मलेशिया डेभलपमेन्ट बेर्हाद नामक सार्वभौम सम्पत्ति कोषमा अर्बौ डलर पैसा हिनामिनामा मुछिएका रज्जाकलाई यसअघि सन् २०२० मा तल्लो अदालतले दोषी ठहर गरेको थियो ।

यसविरुद्ध पुनरावेदन दिएका नजिब जमानतमा रिहा भएका थिए । अदालतले उनीविरुद्धको अभियोगमा अन्तरिम आदेश दिन समेत अस्वीकार गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

उनलाई मलेशियाका तल्लो अदालतले सन् २०२० मा आपराधिक धोका, शक्तिको दुरुपयोग, सम्पत्ति शुद्धीकरणजस्ता अभियोगमा दोषी ठहर गरेपछि उनले उपल्लो अदालतमा पुनरावेदन दिएका थिए । उनले १ मलेशिया डेभलपमेन्ट बेहार्दको पूर्व एकाई एसआरसी इन्टरनेशनलबाट अवैध रुपमा १ करोड अमेरिकी डलर प्राप्त गरेको जनाइएको छ ।

उनलाई १२ वर्षको जेल एवम् २१ करोड मलेशियन रिङ्गिट जरिवाना तोकिएको छ ।

प्रधानन्यायाधीश टेङ्कु मैमुन टुवान माटले अदालतले सर्वसम्मतीले नजिबको पुनरावेदन खारेज गरेको जानकारी दिँदै तल्लो अदालतको फैसला सुरक्षित रहेको जनाएकी छन् ।

अदालतमा मुद्धा लड्न आएको रक्षा पक्षले निकै कमजोर र अविश्वसनीय दलिल दिएको र अभियोगबारे कुनै जायज दाबी पेश गर्न नसकेको समेत उनले बताइन् ।

अदालतले फैसला सुनाउने बेला रज्जाक अदालतमै उपस्थित रहेको रोयटर्सले जनाएको छ । उनका तीन सन्तान र श्रीमती भने उनको पछाडीको सिटमा बसेका थिए ।

यसअघि इजलासबाट प्रधानन्यायाधीशलाई हटाउन नजिबले गरेको आग्रह समेत अदालतले अस्वीकार गरेको थियो ।

यता अदालतले अन्तिम फैसला सुनाउनुअघि नजिबले भने आफू अन्यायबाट पीडित भएको टिप्पणी गरेका थिए । उनले आफ्ना वकिलहरुलाई थप तयारी गर्नका लागि दुई महिनाको समय दिन समेत माग गरेका थिए ।

अनुसन्धानकर्ताहरुले सन् २००९ मा प्रधानमन्त्रीको रुपमा पहिलो कार्यकालमा नजिबले स्थापना गरेको १ मलेशिया डेभलपमेन्ट बेहार्दबाट ४ अर्ब ५० करोड अमेरिकी डलर चोरी भएको पाएका थिए । तीमध्ये १ अर्ब डलर नजिब आबद्ध खातामा रहेको पाइएको थियो ।

नजिबले भने आफूले कुनै गलत काम नगरेको बताउँदै आएका छन् ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ४ : ०४ बजे

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप

भव्य रह्यो ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन

काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को

दार्जिलिङमा गीतकार आर.बी. खड्काको ‘फर्केर हेर्दा’ भव्य रूपमा लोकार्पण

दार्जिलिङ – गीतकार आर.बी. खड्काद्वारा रचित गीतसङ्ग्रह ‘फर्केर हेर्दा’ भारतको

भ्रष्टाचार नियन्त्रण गर्न सक्ने कांग्रेस बनाउन केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : निर्मला बास्ताकोटी

काठमाडौँ – नेपाली कांग्रेसकी नेत्री निर्मला बास्ताकोटीले भ्रष्टाचार नियन्त्रण गर्न