मलेशियाको सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री रज्जाकविरुद्ध १२ वर्षे जेल सजाय सदर « Khabarhub

मलेशियाको सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री रज्जाकविरुद्ध १२ वर्षे जेल सजाय सदर


७ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मलेशियाको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रज्जाकविरुद्धको १२ वर्षे जेल सजायलाई सदर गरेको छ ।

१ मलेशिया डेभलपमेन्ट बेर्हाद नामक सार्वभौम सम्पत्ति कोषमा अर्बौ डलर पैसा हिनामिनामा मुछिएका रज्जाकलाई यसअघि सन् २०२० मा तल्लो अदालतले दोषी ठहर गरेको थियो ।

यसविरुद्ध पुनरावेदन दिएका नजिब जमानतमा रिहा भएका थिए । अदालतले उनीविरुद्धको अभियोगमा अन्तरिम आदेश दिन समेत अस्वीकार गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

उनलाई मलेशियाका तल्लो अदालतले सन् २०२० मा आपराधिक धोका, शक्तिको दुरुपयोग, सम्पत्ति शुद्धीकरणजस्ता अभियोगमा दोषी ठहर गरेपछि उनले उपल्लो अदालतमा पुनरावेदन दिएका थिए । उनले १ मलेशिया डेभलपमेन्ट बेहार्दको पूर्व एकाई एसआरसी इन्टरनेशनलबाट अवैध रुपमा १ करोड अमेरिकी डलर प्राप्त गरेको जनाइएको छ ।

उनलाई १२ वर्षको जेल एवम् २१ करोड मलेशियन रिङ्गिट जरिवाना तोकिएको छ ।

प्रधानन्यायाधीश टेङ्कु मैमुन टुवान माटले अदालतले सर्वसम्मतीले नजिबको पुनरावेदन खारेज गरेको जानकारी दिँदै तल्लो अदालतको फैसला सुरक्षित रहेको जनाएकी छन् ।

अदालतमा मुद्धा लड्न आएको रक्षा पक्षले निकै कमजोर र अविश्वसनीय दलिल दिएको र अभियोगबारे कुनै जायज दाबी पेश गर्न नसकेको समेत उनले बताइन् ।

अदालतले फैसला सुनाउने बेला रज्जाक अदालतमै उपस्थित रहेको रोयटर्सले जनाएको छ । उनका तीन सन्तान र श्रीमती भने उनको पछाडीको सिटमा बसेका थिए ।

यसअघि इजलासबाट प्रधानन्यायाधीशलाई हटाउन नजिबले गरेको आग्रह समेत अदालतले अस्वीकार गरेको थियो ।

यता अदालतले अन्तिम फैसला सुनाउनुअघि नजिबले भने आफू अन्यायबाट पीडित भएको टिप्पणी गरेका थिए । उनले आफ्ना वकिलहरुलाई थप तयारी गर्नका लागि दुई महिनाको समय दिन समेत माग गरेका थिए ।

अनुसन्धानकर्ताहरुले सन् २००९ मा प्रधानमन्त्रीको रुपमा पहिलो कार्यकालमा नजिबले स्थापना गरेको १ मलेशिया डेभलपमेन्ट बेहार्दबाट ४ अर्ब ५० करोड अमेरिकी डलर चोरी भएको पाएका थिए । तीमध्ये १ अर्ब डलर नजिब आबद्ध खातामा रहेको पाइएको थियो ।

नजिबले भने आफूले कुनै गलत काम नगरेको बताउँदै आएका छन् ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ४ : ०४ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ