एमाले केन्द्रीय कमिटीमा चार जनालाई मनोनयन गर्ने स्थायी कमिटीको निर्णय « Khabarhub

एमाले केन्द्रीय कमिटीमा चार जनालाई मनोनयन गर्ने स्थायी कमिटीको निर्णय


७ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेको स्थायी कमिटी बैठकले विभिन्न पार्टी छाडेर नेकपा एमाले प्रवेश गर्ने चार जनालाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयमा आज बसेको बैठकले दाङका जीवन गौतम, कपिलवस्तुका वृजेश गुप्ता, काठमाडौँका धर्मदत्त देवकोटा र झापाका अमृतलाल राजवंशीलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गरेको हो ।

बैठकको निर्णय सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले आजको बैठकले गरेको निर्णय १० र ११ भदौमा हुने केन्द्रीय कमिटी बैठकमा पेश गरिने बताए । गुरुङका अनुसार आजको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा भइरहेका घटना, गठबन्धन सरकारले गरेका क्रियाकलाप, ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन बारे मन्तव्य राखेका थिए ।

यस्तै,  बैठकले राजनीतिक प्रतिवेदन बारे छलफल, केन्द्रीय कमिटीको तेस्रो बैठकले गरेका निर्णय अनुमोदन, निर्वाचन मस्यौदा कार्यदलले गरेको काममाथि छलफल, निर्वाचन परिचालन कमिटीको जिम्मेवारी बारे पनि चर्चा गरेको छ । बैठकले पार्टीको वार्षिक बजेट पनि पास गरेको प्रचार विभाग प्रमुख गुरुले बताए ।

गुरुङका अनुसार अहिले नेकपामा प्रवेश गर्नेको लहर चलेको छ र यो लहरलाई व्यवस्थापन र उनीहरूको विवरण दुरुस्त गर्ने निर्णय पनि गरेको छ ।

आजकै बैठकले केन्द्रीय सल्लाहकारमा तीन जनालाई मनोनयन गरेको छ । काठमाडौँका कुलभक्त शाक्य, कास्कीका डिबी नेपाली र बागलुङका नवराज पौडेल केन्द्रीय सल्लाहकारमा मनोनयन भएका हुन् ।

बैठकले उम्मेदवार छनोटको प्रक्रिया र मापदण्डसम्बन्धी प्रस्ताव केन्द्रीय कमिटीको आगामी बैठकमा पेश गर्ने निर्णय पनि गरेको छ ।

हाल नेकपा एमालेमा आठ लाख ५५ हजार सात सय ५३ जना पार्टी सदस्य रहेको र यसमध्ये ५२ हजार पाँच सय ५० जनाको पार्टी सदस्यता नम्बर दोहोरिएको फेला परेको छ । यसलाई व्यवस्थापन गर्ने निर्णय पनि भएको छ  ।

बैठकमा गण्डकीबाहेक ६ प्रदेशका इन्चार्जहरूले अहिलेको शक्ति सन्तुलनको स्थिति र आ–आफ्ना प्रदेशमा पार्टी संगठनको गतिविधि कस्तो छ भनेर उनीहरूले रिपोर्टिङ गरेका छन् ।

स्थायी कमिटीका १३ जना सदस्यले पार्टी अध्यक्षको भनाइप्रति मन्तव्य राखेको उनको भनाइ छ ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ५ : ०० बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील