पर्यटकका लागि उत्कृष्ट गन्तव्यस्थल हुम्लाको लिमी  « Khabarhub

पर्यटकका लागि उत्कृष्ट गन्तव्यस्थल हुम्लाको लिमी 


७ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिमकोट– कैलाश मानसरोवर दर्शन गर्ने एक नयाँ एवं उत्कृष्ट गन्तव्यस्थलका रूपमा हुम्लाको लिमी लाप्चा बनेको छ । चीनले मानसरोवर कैलाश जाने हिल्सा नाकामा रोक लगाएपछि विकल्पको रुपमा रहेको नेपालकै लिमी लाप्चाबाट पनि मानसरोवर कैलाश दर्शन गर्न जान सकिन्छ । अहिले लिमी लाप्चा   आन्तरिक तथा बाह्य पर्यटकका लागि उत्कृष्ट गन्तव्यस्थल बनेको छ । 

पछिल्लो समयमा लिमी उपत्यका मानसरोवरको दर्शन गर्न जाने  नेपालको एकमात्र भूमि बनेको छ । लिमीको लोलुङबाट कैलाश मानसरोवसर प्रस्ट देख्न सकिन्छ । यो क्षेत्र हुम्ला सदरमुकाम सिमकोटदेखि एक सय पाँच किलोमिटरको दूरीमा पर्छ । सडकको स्तरोन्नति हुने हो भने यो मार्गबाट हिल्साभन्दा अझ सहज रुपमा आवतजावत गर्न सकिने छ । लिमीको लोलुङबाट कैलाशको दर्शन गर्न पैदलै जानेहरू पनि निकै बढ्न थालेका छन् ।

हुम्लाको सदरमुकाम सिमकोटबाट चार दिनको पैदल यात्रापछि लिमी भ्यालीको लाप्चा पुगिन्छ । सिमकोटबाट दुई दिन जति गाउँमा बास बस्दै जान सकिन्छ तर दुई दिनका लागि आफूसँग टेन्ट, खानेकुरालगायत सामान हुनुपर्छ । दुई दिनमा रमणीय दृश्य अवलोकन गर्दै गोठालासँगै रात बिताउन पाइन्छ । सहजै लाप्चाबाट मानसरोवर जान  सकिने नाम्खाका छेपाल लामाले बताए । लिमी उपत्यका जानेले खानेकुरा, टेन्ट, वाटरफ्रुप ज्याकेट, झोला, न्यानो कपडा, ट्रेकिङ सुज, लौरो, औषधि अनिवार्य रूपमा बोक्नुपर्छ ।    उन भने ,’हामीमा सुनको सिरानी हालेर नूनको खोजी गर्ने संस्कार भएकाले यो लिमी लाप्चा ओझेल परेको हो ।’ नेपाली भूमिबाटै कैलाश मानसरोवर दर्शन गर्ने एक मात्रै जिल्ला हुम्लाको लिमी भए पनि यसको प्रचार प्रसार नहुँदा ओझेलमा परेको छ । 

कैलाश दर्शनको धार्मिक विश्वास

धार्मिक तीर्थस्थल कैलाश मानसरोवरको दर्शन गर्दा स्वर्ग गइन्छ भन्ने हुम्लीमा  विश्वास रहेको छ । हिन्दु तथा बौद्ध दुवै धर्मावलम्बीका लागि यो क्षेत्र पवित्रस्थल मानिन्छ । पर्यटकीय आकर्षक गन्तव्य रहेको मानसरोवरमा तीर्थयात्रीहरू वर्षैभरि यात्राका लागि निस्किने गर्छन् तर  त्यहाँ जाने सहज याम भने असारदेखि भदौसम्म हो । 

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ५ : ३८ बजे

जङ्गली हात्ती मृत फेला

झापा- कचनकवल गाउँपालिका–७ मा आज जङ्गली हात्ती मृत फेला परेको

झापामा ओलीका सात दिन : ८० टोलमा भेटघाट, मतदाताले सुनाए गुनासै गुनासो

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकहप्तासम्म मतदाता भेटघाट

स्कूल बस दुर्घटना अपडेट : एक जनाको मृत्यु, छ जनालाई पोखरा पठाइयो

बागलुङ – बागलुङ नगरपालिका–३ रातमाटामा भएको स्कुल बस दुर्घटनामा घाइते

टी–२० विश्वकपः भारतले नामिबियालाई दियो २१० रनको लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकपअन्तर्गत आयोजक भारतले नामिबियाविरुद्ध २१० रनको

आहा रारा पोखरा गोल्डकपः अग्रता जोगाउन नसक्दा मनाङसँग एपिएफ पराजित

कास्की – पोखरामा सञ्चालन भइरहेको राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब