श्रीलङ्काका सबै विश्वविद्यालयहरू सेप्टेम्बरदेखि खुल्ने « Khabarhub

श्रीलङ्काका सबै विश्वविद्यालयहरू सेप्टेम्बरदेखि खुल्ने


७ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलम्बो– श्रीलङ्काको विश्वविद्यालय अनुदान आयोगले मङ्गलबार देशका सबै विश्वविद्यालयहरू सेप्टेम्बरदेखि पुनःसञ्चालनमा आउने घोषणा गरेको छ।

सोमबार राति आयोगका अधिकारीहरू र विश्वविद्यालयका उपकुलपतिहरूबीचको बैठकमा उक्त निर्णय गरिएको आयोगका अध्यक्ष सम्पथ अमरतुङ्गाले बताएका छन्।

अमरतुङ्गाले कोभिड–१९ महामारीका कारण सन् २०२० मा विश्वविद्यालय बन्द भएको र अनलाइन कक्षा सञ्चालन भइरहेको बताएका हुन् ।

‘भौतिकरूपमा कक्षा र अतिरिक्त क्रियाकलाप शुरु गर्ने समय आएको छ। विद्यार्थीहरूले पनि सोही कुराको माग गर्दै आएका छन्,’ उनले भने।

अमरतुङ्गाका अनुसार लगभग सबै विद्यार्थीहरूले कोरोना विरुद्धको खोपको दुई डोज प्राप्त गरिसकेका छन्।

साथै विश्वविद्यालयका उपकुलपतिहरूले पनि महामारी अघि शैक्षिक र अतिरिक्त(पाठ्यक्रम गतिविधिहरू आयोजना गर्न सकिने कुरामा सहमत भएका छन्।प्रत्यक्ष कक्षामा उपस्थित हुन नसक्ने विद्यार्थीहरूले अनलाइनमार्फत जोडिन सक्ने पनि अमरतुङ्गाले बताएका छन्।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ८ : १६ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित