श्रीलङ्काका सबै विश्वविद्यालयहरू सेप्टेम्बरदेखि खुल्ने « Khabarhub

श्रीलङ्काका सबै विश्वविद्यालयहरू सेप्टेम्बरदेखि खुल्ने


७ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलम्बो– श्रीलङ्काको विश्वविद्यालय अनुदान आयोगले मङ्गलबार देशका सबै विश्वविद्यालयहरू सेप्टेम्बरदेखि पुनःसञ्चालनमा आउने घोषणा गरेको छ।

सोमबार राति आयोगका अधिकारीहरू र विश्वविद्यालयका उपकुलपतिहरूबीचको बैठकमा उक्त निर्णय गरिएको आयोगका अध्यक्ष सम्पथ अमरतुङ्गाले बताएका छन्।

अमरतुङ्गाले कोभिड–१९ महामारीका कारण सन् २०२० मा विश्वविद्यालय बन्द भएको र अनलाइन कक्षा सञ्चालन भइरहेको बताएका हुन् ।

‘भौतिकरूपमा कक्षा र अतिरिक्त क्रियाकलाप शुरु गर्ने समय आएको छ। विद्यार्थीहरूले पनि सोही कुराको माग गर्दै आएका छन्,’ उनले भने।

अमरतुङ्गाका अनुसार लगभग सबै विद्यार्थीहरूले कोरोना विरुद्धको खोपको दुई डोज प्राप्त गरिसकेका छन्।

साथै विश्वविद्यालयका उपकुलपतिहरूले पनि महामारी अघि शैक्षिक र अतिरिक्त(पाठ्यक्रम गतिविधिहरू आयोजना गर्न सकिने कुरामा सहमत भएका छन्।प्रत्यक्ष कक्षामा उपस्थित हुन नसक्ने विद्यार्थीहरूले अनलाइनमार्फत जोडिन सक्ने पनि अमरतुङ्गाले बताएका छन्।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ८ : १६ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ