डलर साट्ने बहानामा ठगी गर्ने दुई जना पक्राउ « Khabarhub

डलर साट्ने बहानामा ठगी गर्ने दुई जना पक्राउ


७ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सस्तो दरमा अमेरिकी डलर साटिदिने प्रलोभन देखाएर ठगी गर्ने २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ थला डाँडा घर भई काठमाडौं बौद्ध आरुबारी बस्ने समिर भन्ने ३२ वर्षीय संजय तामाङ र ललितपुर धापासीहाइट बस्ने ३१ वर्षीय विष्णु तामाङ रहेका छन् । प्रहरीले सोमबार दिउँसो काठमाडौँको विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरेको हो ।

उक्त घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले १५ लाख रुपैयाँ बराबरको अमेरिकि डलर साट्न लागेको अवस्थामा फेला पारी काठमाडौं टोखा नगरपालिकास्थित युनिक कोलोनीबाट उनीहरूलाई पक्राउ गरेको हो ।

अनुसन्धानको क्रममा उनीहरूले पीडित व्यक्तिहरूलाई पटकपटक फोन मार्फत सम्पर्क गरी अवैध अमेरिकी डलर रहेको र सस्तो दररेटमा साटिदिन प्रलोभनमा पारी ठगी गर्ने गरेको पुष्टि भएको छ । साथै १ र ५० दरका अमेरिकि डलर देखाई विश्वासमा पारी सटही गर्ने बहानामा पैसा लिएर उपत्यकाका बिभिन्न स्थानमा बोलाई लाखौं रुपैयाँ लुटपाट गरेको खुल्न आएको छ ।

उनीहरूलाई ठगी एवं विदेशी विनियम ऐन अन्तर्गत मुद्दामा थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि प्रहरी वृत्त बौद्ध पठाइएको उक्त कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  १० : १६ बजे

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि : मेरो कार्यदिशा

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा