राष्ट्रपतिविरुद्धका पाँच रिटको सुनुवाइ आज | Khabarhub Khabarhub

राष्ट्रपतिविरुद्धका पाँच रिटको सुनुवाइ आज


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दुई पटक संघीय संसदका दुवै सदनले पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरी संवैधानिक दायित्व पूरा नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सर्वोच्चमा परेका रिटमाथि आज सुनुवाइ हुँदै छ।

संसदको कार्यकाल नै सकिसकेकाले ‘नेपाल नागरिकता ऐन, २०६३ को संशोधन गर्न ल्याएको विधेयक’  प्रमाणीकरण गरिरहनु नपर्ने राष्ट्रपति कार्यालय, शीतल निवासले बताएको थियो। राष्ट्रपतिको सोही कदम संवैधानिक नैतिकता, वस्तुनिष्ठता, सुशासन र संवैधानिक संस्कारको बरखिलाफ भएको उल्लेख गर्दै कानुन व्यवसायीहरूले बिहीबार पाँच वटा रिट दर्ता गरेका छन्। सबै रिट एकै प्रकृतिका भएकाले आज एकै इजलासमा हेरिने सर्वोच्च अदालत प्रशासनले बताएको छ।

अधिवक्ता सागर बराल, सौगातराज बराल, अविनेश अधिकारी र सम्पूर्ण बस्नेतले राष्ट्रपति भण्डारीविरुद्ध बुधबार नै रिट दर्ता गराएका हुन्। अन्य कानुन व्यवसायीहरूले पनि थप चार वटा रिट दर्ता गराएका छन् ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ७ : ४४ बजे

झापाको झिलझिलेमा सवारी दुर्घटना, तीनजनाको मृत्यु

झापा– झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा तीन

अपहरणमा परेका एकजनाको सकुशल उद्धार, पाँच अपहरणकारी पक्राउ

जनकपुरधाम– धनुषाको ढल्केबरबाट अपहरणमा परेका एकजनाको प्रहरीले सकुशल उद्धार गरेको

पिसाब पोल्ने समस्या छ ? यी उपाय अपनाउनुस्

काठमाडौं– सामान्यतया कम पानी पिउने मानिसमा पिसाब पोल्ने समस्या बढी

भानुमा औद्योगिक ग्राम निर्माण गरिँदै

तनहुँ– तनहुँको भानु नगरपालिकामा औद्योगिक ग्राम निर्माणको प्रक्रिया सुरु भएको

तनहुँको पराशर मार्गमा कालोपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाको गौरवको आयोजनामा रहेको पराशर मार्गमा पक्की