प्रेमगीत-३ आजदेखि विश्वभर प्रदर्शन हुँदै  « Khabarhub

प्रेमगीत-३ आजदेखि विश्वभर प्रदर्शन हुँदै 


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली चलचित्र प्रेमगीत-३ आज (शुक्रबार)बाट विश्वभर प्रदर्शन हुँदै छ।

अग्रिम टिकट बुकिङले भारतीय सिनेमा घर हाउस फुल हुने सम्भावना देखिएको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिएका छन्। बिहीबार प्रिमियर शो गर्ने तयारी भइरहेका बेला शुक्रबारदेखिका शोका लागि उत्साहका साथ टिकट बुकिङ भइरहेको निर्देशक सेनले सुनाए।

चलचित्रको प्रचारप्रसारमा निर्माण टिम भारतको मुम्बईमा रहेको छ। अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङसँगको अन्तर्वार्तालाई भारतीय सञ्चार माध्यमहरूले प्राथमिकता दिएका थिए। सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको चलचित्र प्रेमगीत ३ हिन्दी भाषामा समेत प्रदर्शन हुन लागेको हो। भारतमा फिल्मलाई जी–म्युजिक, यूएफओ र मधु इन्टरटेनमेन्टले प्रदर्शन गर्न लागेको हो।

प्रदीप र क्रिस्टिनाको मुख्य भूमिका रहेको प्रेम गीत ३ मा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ।

हिन्दी भर्सन नेपालमा घटस्थापनापछि  
प्रेमगीत ३ को हिन्दी भर्सन भने नेपालमा घटस्थापना (१० असोज)देखि मात्र प्रदर्शन हुने भएको छ।

विभिन्न प्राविधिक कारणले प्रेमगीत ३ हिन्दी भर्सन एक-दुई दिन रिलिज गर्न नसक्ने स्थिति सृजना भएको निर्माता तथा निर्देशकसेनले जानकारी दिए। उनले घटस्थापनाको दिनबाट मात्र  प्रेमगीत ३ हिन्दी भर्सन नेपालभर प्रदर्शन हुने बताए।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ८ : ५२ बजे

म्याजिकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही- सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुरस्थित नवलपुर–मलंगवा सडकखण्डमा म्याजिक जिपको ठक्करबाट

पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला

कर्णाली– सुर्खेत पश्चिममा पर्ने चौकुने र बराहताल गाउँपालिकाका विभिन्न स्थानमा

युक्रेनमा रुसी आक्रमण, तीन बालबालिकासहित आठ जनाको मृत्यु

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग डिजेल आपूर्तिसम्बन्धी

शैलुङका किसानको मेहनत : काठमाडौं पुग्छ वार्षिक ५० करोडभन्दा बढीको कृषि उपज

दोलखा- दोलखाको शैलुङ गाउँपालिका व्यावसायिक तरकारी तथा फलफूल खेतीको प्रमुख

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि