जङ्गली बँदेलको मासुसहित होटेल सञ्चालक पक्राउ | Khabarhub Khabarhub

जङ्गली बँदेलको मासुसहित होटेल सञ्चालक पक्राउ


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – जङ्गली बँदेलको मासुसहित कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीबाट होटेल सञ्चालक पक्राउ परेका छन्।

बिहीबार जङ्गली बँदेलको मासु फ्रिजमा राख्दै गरेका अवस्थामा लोकप्रिय होटेलका सञ्चालक रमेश रावल पक्राउ परेका हुन्। उनलाई  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोलीले पक्राउ गरेको हो। होटेलमा जङ्गली बँदेलको मासु बिक्री वितरण भइरहेको सूचनाका आधारमा मासुसहित रावललाई पक्राउ गरिएको निकुञ्जका सूचना अधिकारी मनोज ऐरले बताए।

‘अनुसन्धानका लागि १० किलो मासुसहित रावललाई पक्राउ गरेका छौँ’, उनले भने, ‘मासु परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ललितपुर पठाउँदै छौँ।’ परीक्षणको रिपोर्टका आधारमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कारबाही गरिने ऐरले बताए।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  १० : ४८ बजे

लगानी सम्मेलनमा किन गएनन् एमाले अध्यक्ष ओली?

काठमाडौं- आइतबारदेखि सुरू भएको तेस्रो लगानी सम्मेलन उद्घाटन सत्रमा प्रमुख

बझाङ उपनिर्वाचन : छबिसपाथिभेराको वडा १ बाट मत गन्न थालियो

बझाङ– बझाङको मतगणना छबिसपाथिभेरा गाउँपालिकाबाट सुरु भएको छ । मुख्य

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ६ घण्टापछि उडान 

काठमाडौं – प्रतिकुल मौसम कारण बिहानैदेखि बन्द भएको पोखरा अन्तर्राष्ट्रिय

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १६१ रनको लक्ष्य

काठमाडौं -वेस्ट इन्डिज ए ले नेपाललाई १६१ रनको लक्ष्य दिएको

शंखमूलमा भएको आगलागी नियन्त्रणमा 

काठमाडौं– काठमाडौंको शंखमुलमा भएको आगलागी नियन्त्रणमा आएको छ । शंखमुलस्थित