बजारले कलात्मक र व्यावसायिक फिल्मको मिश्रण खोजिरहेको छ : हरिवंश आचार्य  « Khabarhub

बजारले कलात्मक र व्यावसायिक फिल्मको मिश्रण खोजिरहेको छ : हरिवंश आचार्य 


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अभिनेता हरिवंश आचार्य कोरोना भाइरसको महामारीपछि नेपाली फिल्म बजार बढी नै उतारचढाव देखिएको बताउँछन् । उनी अभिनीत फिल्म ‘महापुरुष’ को दोस्रो गीत ‘बेमौसमी’ सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले केही फिल्म रेकर्ड बनाउने गरी सफल भएको र केहीले भने अपेक्षाभन्दा निकै कम व्यापार गरेको बताए ।

अहिले आर्ट र कमर्सियल भ्यालु बोकेको फिल्म बजारमा दर्शकले पर्खिरहेको र त्यो ‘महापुरुष’ रहेको उनको भनाइ थियो । ‘अहिले दर्शकले आर्ट र कमर्सियल दुवै भएको फिल्म हेर्न खोज्नु भएको छ । महापुरुषमा यी दुवैको मिश्रण छ । यहाँ कमर्सियल भ्यालु राखेर आर्टमा अब्बल फिल्म बनाइएको छ,’ उनले भने ।

नेपाली फिल्मको बढ्दो बजारलाई यसले अझैँ फाइदा पुर्‍याउने उनले बताए । ‘केही समययता आर्ट भ्यालु बढी भएका फिल्ममा दर्शकको उपस्थिति कम देखिएको छ । चिसो मान्छे, दोख, पानीफोटो, प्रकाश, राधा यसको उदाहरण हुन् । उल्लेखित फिल्महरू विभिन्न नेपाली समयलाई दर्साउने भए पनि दर्शकले हलसम्म पुगेर हेर्ने जाँगर चलाएनन्,’ उनले भने ।

बजेटको हिसाबले पनि दुई करोडको हाराहारीमा बनेर हलसम्म पुगेको फिल्महरू लगातार असफल भएपछि यसको कारण मानोञ्जनको मात्रा कम भएको विश्लेषण गरिएको छ । यद्यपि पुरानै मेकिङ शैलीमा साहित्यकार भीमनिधि तिवारीद्वारा लिखित कृति ‘झिँगेदाउ’ मा आधारित सोही नामको फिल्मलाई दर्शकले रुचाएका छन् ।

अभिनेता आचार्यले पूर्ण रूपमा व्यावसायिक कलात्मक फिल्म ‘महापुरुष’ रहेको बताए । ‘यसपटक स्क्रिप्ट झनै मेहनत गरेको पाएँ । यो टिमले निर्माण गरेको अघिल्लो फिल्महरूको तुलनामा यो उत्कृष्ट छ,’ उनले भने । आचार्यले फिल्मको निर्देशक प्रदीप भट्टराईसँग टेलिफिल्म हुँदै शत्रु गतेमा पनि काम गरिसक्नुभएको छ । मह जोडीकै टेलिफिल्महरूमार्फत मुख्य सहायक निर्देशक हुँदै निर्देशक बनेका भट्टराई अझै परिपक्क भएको अभिनेता आचार्यको बुझाइ छ । ‘उहाँको स्क्रिप्ट चयनबाट म प्रभावित छु । बजारले खोजिरहेको विषयवस्तुलाई सरल रूपमा प्रस्तुत गर्ने खुबी तारिफयोग्य छ,’ अभिनेता आचार्यले भने ।

जात्रा, शत्रु गते र जात्रैजात्राको सफलताले आफूलगायत टिममा दायित्व थपिएको निर्देशक भट्टराईले बताए । ‘हामीलाई दर्शकले गर्नुहुने विश्वासले थप जिम्मेवार बनाएको छ । यसपटक हामीले समाजको गम्भीर विषयलाई सरल तरिकाले देखाउने कोसिस गरेका छौँ । समाजमा विधमान सोचलाई भत्काउने प्रयास हाम्रो हो,’ उहाँले भने ।

‘लोभी पापी’ पश्चात् दोस्रो पटक अभिनेता आचार्यसँग स्क्रिन सेयर गर्न पाउँदा अभिनेत्री गौरी मल्ल खुसी छिन् । ‘यो टिमले मलाई अहिलेको मेकिङ शैलीसँग नजिकबाट साक्षात्कार गरायो । हरिदाइको जोडी बनेर देखिन पाउँदा खुसी छु । हामीले नजरअन्दाज गरिरहेको गम्भीर विषयलाई रमाइलो शैलीमा प्रस्तुत गरिएको छ,’ अभिनेत्री मल्लले भनिन् ।

यसै फिल्मबाट अरुण क्षेत्री र अन्जना बराइलीले डेब्यु गर्दै छन् । मह जोडीसँग डेब्यु गर्न पाउँदा अरुण निकै उत्साहित छन् । ‘म जापान छाडेर यहाँ अभिनयमा आफ्नो भविष्य बनाउन प्रयासरत थिएँ । उहाँहरूसँग जोडिएर पाइला टेक्न पाउँदाको खुसी शब्दमा व्यक्त्त गर्न सकिँदैन । डेब्यु फिल्ममै मैले उहाँहरूबाट धेरै सिकेको छु,’ अरुणले भने ।

डेब्यु अभिनेत्री अन्जनाले आफ्ना लागि स्कुलिङ भएको बताइन् । ‘यो टिमले मलाई चलचित्र उद्योगमा प्रवेश गर्दा धेरै सिकाएको छ । यो मेरा लागि फिल्म क्षेत्रमा आउनु अगाडिको स्कुल झैँ भएको छ,’ उनले भनिन् ।

फिल्म ‘महापुरूष’ आउँदो ११ कात्तिक अर्थात् भाइटीकाको भोलिपल्ट प्रदर्शन हुँदैछ । सामाजिक विषयवस्तुमा आधारित ड्रामामा मदनकृष्ण श्रेष्ठ, रवीन्द्रसिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, पण्डित प्रज्वल लुइँटेललगायतको अभिनय छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  १२ : २३ बजे

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही– मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक : के छन् एजेन्डा ?

काठमाडौँ – समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

विकास निर्माणलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

तनहुँ– व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी नियन्त्रण,

चौदण्डीगढीमा मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या, अभियुक्त नियन्त्रणमा

उदयपुर – मादक पदार्थ सेवन गरी घरायसी विवाद हुँदा श्रीमान्‌ले

२५ वर्षपछि कोभेन्ट्रीको प्रिमियर लिगमा ऐतिहासिक जित: नोटिङघम फरेस्ट १-० ले पराजित

काठमाडौँ – अप्रिल २००१ को समयपछि बेलायती फुटबलको शीर्ष डिभिजन