कम्बोडियामा चिनियाँ नागरिक बोकेको डुङ्गा डुब्दा एक महिलाको मृत्यु, २० जना बेपत्ता « Khabarhub

कम्बोडियामा चिनियाँ नागरिक बोकेको डुङ्गा डुब्दा एक महिलाको मृत्यु, २० जना बेपत्ता


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कम्बोडियाको तटीय क्षेत्रमा डुङ्गा पल्टिँदा एक जनाको मृत्यु भएको छ । ४१ जना चिनियाँ नागरिक बोकेको डुङ्गा कम्बोडियाको सिंहानुकभिलमा दुर्घटनामा परेको बताइएको छ । घटनामा अरु २० जनाभन्दा बढी बेपत्ता भएका छन् ।

दुर्घटनापछि १९ जनाको उद्धार गरिएको र एक जना महिलाको शव फेला परेको प्रान्तीय प्रवक्ता खेआङ फेरोमले अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीलाई बताएका छन् ।

दुर्घटनामा बाँच्न सफल केही व्यक्तिहरुले आफूहरु गत सेप्टेम्बर ११ मा चीनको गुआङ्डोङ प्रान्तबाट हिँडेको प्रतिक्रिया दिएको प्रान्तीय प्रहरी प्रमुख चुओन नारिनलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

कुनै समय माछा मार्ने सानो गाउँको रुपमा रहेको सिंहानुकभिलमा चिनियाँ लगानीमा पूर्वाधार एवम् अन्य संरचना निर्माण भइरहेको बताइन्छ । यसबाहेक सो क्षेत्रमा चिनियाँ लगानीमा दर्जनौँ जुवाघरहरु समेत सञ्चालनमा रहेको एएफपीले जनाएको छ ।

सो क्षेत्रमा काम गर्नका लागि अवैधानिक रुपमा चिनियाँ नागरिकहरु आउने गरेको बताइएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ५ : ३२ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित