अतिवादी लडाकुसँगको भिडन्तमा पाकिस्तानी सैनिकको मृत्यु « Khabarhub

अतिवादी लडाकुसँगको भिडन्तमा पाकिस्तानी सैनिकको मृत्यु


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानमा अतिवादी लडाकुसँगको भिडन्तमा परी एक सैनिकको मृत्यु भएको छ ।

पाकिस्तानको उत्तरी वजिरिस्तान जिल्लाको द्वातोई क्षेत्रमा अतिवादीसँगको भिडन्तमा एकजना सैनिक शहीद भएको पाकिस्तानी सेनाको अन्तर सेवा सार्वजनिक सम्बन्ध (आईएसपीआर) ले जनाएको छ ।

घटनामा मारिनेमा बलुचिस्तानको जाफेरावाद क्षेत्रका ३४ वर्षे नजार मोहम्मद रहेको पाकिस्तानी सेनाले जनाएको छ ।

आईएसपीरका अनुसार अतिवादी लडाकुले अफगान सीमाक्षेत्रबाट पाकिस्तानी सैनिकमाथि गोली प्रहार गरेका थिए । घटनापछि पाकिस्तानी सेनाले लडाकुविरुद्ध कारवाही गरेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

पाकिस्तानी सेनाको कारवाहीमा परी लडाकुतर्फ ठूलो क्षति भएको पाकिस्तानी सेनाको दाबी छ । पाकिस्तान सरकारले घटनाको निन्दा गर्दै अफगान सरकारले आगामी दिनहरुमा आफ्नो भूमिलाई आतंकवादी गतिविधिका लागि प्रयोग गर्न दिन नहुने जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ९ : ३३ बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने