काठमाडौँ उपत्यकामा राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने « Khabarhub

काठमाडौँ उपत्यकामा राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने


६ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौं उपत्यकामा राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने भएको छ। उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले सार्वजनिक सूचना जारी गरेर राति ९ बजेसम्म मात्र देउसीभैलो खेल्न पाउने जनाएका हुन्।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार तोकिएको समयसीमा भित्र मात्रै देउसीभैलोलगायत सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम गर्न पाइने छ। तर, त्यसबाहेकको समयमा देउसीभैलो खेलेमा कारबाही गरिने उनले बताए।

सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरेर हिँड्न पनि निषेध गरिएको छ। गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासनलाई परिपत्र गरेर आ-आफ्नो जिल्लागत वस्तुस्थिति र सुरक्षा अवस्था हेरेर देउसी र भैलो कार्यक्रम गर्न समयसीमा राख्ने/नराख्नेबारे निर्णय गर्न भनेको थियो। सोही अनुसार जिल्ला प्रशासन कार्यालयले समयसीमा तोकेका हुन्।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ९ : २४ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन