टेलिकमको तिहार-छठ सहुलियत आजदेखि लागू « Khabarhub

टेलिकमको तिहार-छठ सहुलियत आजदेखि लागू


६ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल टेलिकमले तिहार, छठ तथा म्हपुजाका अवसरमा आजदेखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको चाडपर्व अफर उपलब्ध गराएको छ।

टेलिकमले कात्तिक ६ गतेदेखि कात्तिक १५ गतेसम्म उपलब्ध हुने गरी सो अफर सार्वजनिक गरेको हो। डाटा प्याक अन्तर्गत २९४ रुपैयाँमा २० जीबी डाटा १० दिनभित्र र ९८ रुपैयाँमा ६ जीबी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुनेछ।

त्यसैगरी १ दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएसको डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा ४९ रुपैयाँमा उपलब्ध हुनेछ। यी प्याकहरू जुनसुकै समय प्रयोग गर्न सकिन्छ। यसैगरी अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रुपमा डाटा प्याक उपलब्ध गराइने छ।

२०० रुपैयाँदेखि ४९९ रुपैयाँसम्म रिचार्ज गर्दा २ दिनभित्र प्रयोग गर्न सकिने ५०० एमबी र ५०० रुपैयाँभन्दा बढीको रिचार्ज गर्दा ४ दिनभित्र प्रयोग गर्न सकिने १,०२४ एमबी डाटा प्याक उपलब्ध हुनेछ।

यसैगरी पहिलो पटक भोल्टी सेवा सब्सक्राइब गर्ने सेवाग्राहीका लागि २८ दिनसम्म प्रयोग गर्न सकिने २०० मिनेटको निशुल्क भ्वाइस ओभर एलटिई सेवा पनि उपलब्ध गराइएको छ।

उल्लिखित प्याकेजहरु प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नुपर्दछ। कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन र सेवा खरिद गर्न सकिन्छ। कम्पनीको वेबसाइटमार्फत पनि यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ११ : ०० बजे

नेसनल बास्केटबल लिग फागुन २६ गतेदेखि हुने

काठमाडौं – नेपाल बास्केटबल सङ्घ (नेबा)को आयोजनामा हिमालयन जाभा नेसनल

दाङमा एमालेका कार्यकर्ताद्वारा रास्वपाको कार्यालय तोडफोड

दाङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङ क्षेत्र नं. ३

रूपन्देहीबाट लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ

लुम्बिनी – जिल्ला प्रहरी कार्यालय रूपन्देही प्रहरीले लागुऔषध ब्राउन सुगरसहित

गुल्मीमा नमूना मतदान अभ्यास

गुल्मी – प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा

चोरीका मोटरसाइकलको पार्टपुर्जासहित तीन जना पक्राउ

काठमाडौं – प्रहरीले चोरीका मोटरसाइकलको पार्टपुर्जा निकाली बिक्री तथा अन्य