प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्ष नेता वीरेन्द्रनगरमा | Khabarhub Khabarhub

प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्ष नेता वीरेन्द्रनगरमा


६ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित गठबन्धन दलका शीर्ष नेता सुर्खेत वीरेन्द्रनगरमा पुगेका छन् ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित लोकतान्त्रिक–बाम गठबन्धनको प्रदेशस्तरीय संयुक्त प्रशिक्षण एवं भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवासहित सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव नेपालसहित शीर्ष नेताहरु आज दिउँसो वीरेन्द्रनगर सुर्खेत पुगेका हुन् ।

उनीहरु सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीको संयुक्त भेलालाई सम्बोधन गरेर वीरेन्द्रनगर पुगेको नेपाली कांग्रेस प्रदेश कमिटीका प्रवक्ता दमन शाहीले बताए । उनका अनुसारमा भेलामा कर्णाली प्रदेशका दशवैट जिल्लाका उम्मेदवार तथा प्रत्येक दलबाट प्रतिनिधिमूलक नेताहरुको सहभागिता रहेको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ३ : ५२ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय