राजनीतिक स्थिरता नभई देश विकास नहुने कांग्रेस वरिष्ठ नेता पौडेलको भनाइ « Khabarhub

राजनीतिक स्थिरता नभई देश विकास नहुने कांग्रेस वरिष्ठ नेता पौडेलको भनाइ


६ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशको विकासका लागि राजनीतिक स्थितरता आवश्यक रहेको बताएका छन् । राजनीतिक स्थिरताका लागि सत्तारुढ गठबन्धनको जित अपरिहार्य रहेको उनले बताए ।

ओलीलाई जनताले दुई तीहाईको मत दिँदा उनले दुई/दुई पटक संसद विघटन गरेर राजनीतिक द्वन्द्व निम्त्याएको बताए । ‘देशलाई विकासको खाँचो भएका वेला ओलीले राजनीतिक द्वन्द्व निम्त्याएर विकासको काम ठप्प परेका छन्’ पौडेलले भने, ‘अहिलेको गठबन्धनले राजनीतिलाई सहि दिंशामा ल्याउन सफल भएको छ, अब बिकासका लागि यही गठबन्धनलाई जिताउनु अपरिहार्य छ ।’

धनगढीमा सत्ता गठबन्धनको सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राष्ट्रपति र केपी ओलीबाट संविधानमाथि आक्रमण भएको जनाएका छन् । त्यसैले यसको रक्षाका लागि गठबन्धन उम्मेदवार जिताउन उनले आग्रह गरे ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ३ : ५९ बजे

बादलले भने- कम्युनिष्ट आन्दोलन अगाडी बढाउन केन्द्रमुखी र सत्ताकेन्द्रित मानसिकता बदल्नुपर्छ

काठमाडौं– नेकपा एमालेका नेताहरूले नयाँ ढङ्गले नेपालको कम्युनिष्ट आन्दोलन अगाडी

लुम्बिनी प्रदेशसभाबाट जीवनाशक विषादी व्यवस्थापन विधेयक पारित

लुम्बिनी– लुम्बिनी प्रदेशसभाले जीवनाशक विषादीको व्यवस्थापन तथा नियमनका लागि कानुनी

मन्त्रालयबाट यसरी बिदा भए सुधन गुरुङ (तस्बिरहरू)

काठमाडौं– गृहमन्त्री पदबाट राजीनामा दिएसँगै सुधन गुरुङ गृह मन्त्रालयबाट बाहिरिएका

७ सय मिटर चक्रपथ विस्तार गर्न डेढ वर्ष, पाशुपत र चारुमती विहारक्षेत्रमा युनेस्को बाधक 

सडक डिभिजन कार्यालय काठमाडौँले २०८१ असोजमा चक्रपथको बसुन्धरादेखि तीनकुनेसम्मको निर्माण

दीपक र सुलभमाथि थप ७ दिन म्याद थपियो, सम्पत्ति शुद्धिकरण मुद्दामा थप अनुसन्धान हुने

काठमाडौं- काठमाडौं जिल्ला अदालत ले सम्पत्ति शुद्धिकरण मुद्दामा दीपक भट्टसहितका