संसद् भवन अगाडि ‘महापुरुष’ को देउसी-भैलो « Khabarhub

संसद् भवन अगाडि ‘महापुरुष’ को देउसी-भैलो


६ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी ११ कात्तिकबाट प्रदर्शनमा आउने फिल्म ‘महापुरुष’ टिमले देउसी भैलो खेलेको छ । शनिबार साँझ नयाँ बानेश्वरमा आयोजित देउसी भैलो कार्यक्रममा कलाकारहरू हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराईलीसँगै निर्देशक प्रदीप भट्टराई र कलाकारसमेत रहेका कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँको सहभागिता थियो । टिमबाहेक कलाकार जीतु नेपाल, कृष्ण कँडेल, राजा राजेन्द्रलगायत पनि कार्यक्रममा उपस्थित थिए ।

देउसी भैलोमा सार्वजनिक मञ्चबाट शुभकामना दिँदै अभिनेता आचार्यले आउँदो ४ मंसिरमा आफ्नो नीति निर्माणसँगै क्षेत्रको काम गर्ने महापुरुषहरू पठाउन अनुरोध गरे । ‘यो संसद् भवनमा हाम्रो भावना बुझ्ने महापुरुषहरूलाई पठाउने दायित्व तपाईँसँग छ । भावी पुस्तालाई समेत हुने महापुरुषहरू छान्नु होला । त्यो अगाडि तपाइलाई पूर्ण मनोरञ्जन दिन हामी फिल्म महापुरुष ११ कात्तिकमा ल्याउँदै छौँ,’ उनले भने ।

आचार्यले जनताको भावनाको कदर गर्न नसक्नेहरू सकिँदैगइरहेको तर्कसमेत गरे । ‘हामीले नयाँ केही गर्न लाग्दा भगवानलाई पूजा गरेर चढाउने गरेका छौँ । अहिले महापुरुष पनि भगवानरुपी दर्शकसमक्ष ल्याउँदै छौँ । हामीले यसमा एउटा सन्देश पनि प्रवाह गर्न खोजेका छौँ । दर्शकले त्यसलाई अनुमोदन गर्नुहुनेछ भन्नेमा विश्वस्त छु,’ उनले भने ।

लेखकसमेत रहेका निर्देशक प्रदीप भट्टराईले महापुरूषले एक्लोपनको कथा भन्ने बताए । ‘हामीले हाम्रो समाजमा गाडिएको गम्भीर विषयलाई फिल्मी शैलीमा सरल प्रस्तुतिमार्फत देखाउँदै छौँ । हलबाट निस्किएपछि समेत दर्शकसँगै फिल्म रहनेछ भन्ने मलाई विश्वास छ,’ उनले भने ।

कलाकार जितु नेपालले फिल्म सफलताको शुभकामना दिए । उनले दर्शकले माया दिएर बनाएको महापुरूषद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित फिल्म दर्शकले रुचाउने विश्वास व्यक्त गरे ।

सामाजिक विषयवस्तुमा आधारित ‘महापुरुष’ मा मह जोडीसँगै गौरी मल्ल, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल पराजुली लगायतको अभिनय छ ।

यसै फिल्ममार्फत अरुण क्षेत्री र अञ्जना बराइलीले डेब्यु गर्दै छन् । बाल्यकालदेखि नै मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ठूलो र सानो पर्दामा हेर्दै हुर्किएका अरुणले हरिवंशको कान्छो छोरा र अञ्जनाले मदनकृष्णकी छोरीको भूमिका निर्वाह गरेका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ४ : २२ बजे

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

कर्णाली– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा

केही भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले शुक्रबार नगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना