चोरीका घटनाबाट जुम्ली समाज आक्रान्त « Khabarhub

चोरीका घटनाबाट जुम्ली समाज आक्रान्त


६ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुन्दा सामान्य लाग्ने र ‘माइनर क्राइम’ मानिने चोरीका घटनाबाट जुम्ली समाज आक्रान्त छ । जतिबेला ठूला चाडपर्व सुरु हुन्छ त्यति नै बेला चोरीका घटना मौलाउने गरेका छन् । चाडबाडको वेला सर्वसाधारण रमझममा लागेको मौका छोपेर चोरले धान सम्पति चोर्ने गरेका छन् ।

११ असोजको राति वीरेन्द्र कपडा पसल र विष्णु सुनचाँदी पसलमा ठूलो आगलागी भयो । आगलागीको कारण चोरी थियो । चन्दननाथ नगरपालिका ९ का तिलक भण्डारीको कपडा पसलको सामान चोरी गर्न नसकेपछि आगो लाइएदिएको अनुमान छ । आगोलागीबाट सबै सामान जलेर नष्ट भयो । यही पसलबाट सल्किएको आगोले विष्णु सुनचाँदी पसल पनि खरानी भयो ।

तिहार नजिकिँदै गर्दा जुम्लामा फेरि यस्तै घटना भएको छ । शनिबार राति ९ बजेतिर न्यु लक्ष्मी सर्भिसिङ सेन्टरमा आगलागी भएको छ । चन्दनाथ नगरपालिका ४ का नन्दु सार्कीको सर्भिसिङ सेन्टरमा डिजल र पेट्रोल छर्केर आगलागी भएको छ । सञ्चालक सार्की भन्छन्, ‘शनिबार भएकाले ५ बजेतिर पसल बन्द गरेर घर गएको थिए । राति साढे ९ बजेतिर पसलमा आगलागी भएको खबर आयो । सटर फोडेर सामान चोर्न सम्भानवा नभएपछि आगजनी गरिएको अनुमान छ ।’ आगजनीबाट केही थान मोटरसाइकल र अटो सर्भिसिङका सबै मेसिन नष्ट भएको उनले बताए । सार्कीका अनुसार २५ लाख रुपैयाँ बराबरको सामान नष्ट भएको छ ।

जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोसीका अनुसार अहिलेसम्म अनुमान मात्रै गरिएको र थप अनुसन्धान नभइ कसले आगजनी गरेको हो भन्न सकिने अवस्था छैन । सबैभन्दा बढी चोरीका घटना चाडबाडमा हुने गरेको प्रहरीको अपराध सम्बन्धी वार्षिक आँकडाले देखाउँछ । यसबाट जुम्लासहित देशका कुनै भाग अछुतो छैनन् । प्रहरीको वार्षिक अपराध चार्टभित्र महत्वका साथ समेटिने गरे पनि चोरीका घटनालाई प्रायः सामान्य अपराधका रूपमा लिने गरिएको पाइन्छ ।

तत्कालिन प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाइँको कार्यकालमा जुम्ला बजारका मुख्य चोकमा सिसिटभी राख्ने निर्णय भएको थियो । चोरीजस्ता आपराधिक गतिविधि रोक्न र प्रहरीलाई अनुसन्धानमा सहज गर्न यस्तो निर्णय भएको हो ।

प्रशासनले सिसिटिभी राख्ने अनुमति दिने र चन्दननाथ नगरपालिकाको आर्थिक सहयोग गर्ने भनिएको थियो । यो निर्णय कार्यान्वयन नहुँदा अनुसन्धान गर्न चुनौती भएको नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताए । उनले भने, ‘जुम्लाका हुने आपराधिक गतिविधि रोक्न सिसिटिभी अति आवश्यक छ ।’

यस्तै, नेपाल पत्रकार माहासंघका अध्यक्ष नेत्रबहादुर शाहीका अनुसार सवारी साधनहरूमा आगलागी गर्ने समूह पनि जुम्लामा सक्रिय छन् । उनका अनुसार चोरीलाई शहरी जीवन निर्वाहको पेसा बनाउनेदेखि मोजमस्तीका निम्ति चोरी गर्नेहरूका समूह बढ्न थालेको छ । यस्ता गतिविधि रोक्न प्रहरीलाई सबैको सहयोग आवश्यक रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ४ : ५५ बजे

‘भ्यूजका लागि सर्प उद्धार गर्दा ज्यानै जान्छ’

काठमाडौँ- नेपालमा पाइन सर्पका अधिकांश प्रजाति मानिसबाट टाढा बस्न रुचाउँछन्

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे

उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन समूह विजेताको रुपमा फिफा विश्वकपको नकआउट चरणमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा स्पेन समूह ‘एच’ को

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

तनहु– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको

विश्वकप फुटबल : पहिलो हाफमा उरुग्वेविरुद्ध स्पेनलाई १–० गोलको अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह एच को अन्तिम