आफूले पाएजति अवसर मतदातालाई पनि दिलाउने कांग्रेस युवा नेता प्रदीप पौडेलको प्रतिबद्धता « Khabarhub

आफूले पाएजति अवसर मतदातालाई पनि दिलाउने कांग्रेस युवा नेता प्रदीप पौडेलको प्रतिबद्धता


६ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले आफूले पाएको जति अवसर आफ्ना मतदातालाई दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आइतबार आफ्नो निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नं ५ को प्रदेश सभा ‘ख’ मा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता पौडेलले सो कुरा बताएका हुन् ।

मतदाताहरुले आफूहरुलाई बिना कुनै सर्तमा खाली कागजमा हस्ताक्षर गरेर दिएको विश्वसलाई कहिल्यै कुठाराघात नगर्ने समेत प्रतिबद्धता व्यक्त गरे ।

‘पार्टीले मलाई अवसर दियो काठमाडौंबाट म यती भएँ । त्यसैले मैले जति अवसर पाएको छु त्यति अवसर तपाई पनि त्यही हुनुपर्दछ ।’ उनले भने, ‘तपाइँहरुले कुनै सर्त नराखी खाली कागजमा हस्ताक्षर गरेर दिनुहुन्छ । तर त्यसमा कहिल्यै पनि कुठाराघात गर्नेछैन । ’

कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले आफू निर्वाचन जितेमा कहिल्यै मालिक जस्तो नबन्ने समेत बताए । आफूलाई पार्टीले अघि बढाएको विभिन्न कालखण्डको स्मरण गर्दै पार्टीमा सहयोग गर्ने साथीहरुलाई कहिल्यै भावनामा चोट पुग्ने काम नगर्ने उनको भनाइ छ ।

‘म आज जे छु पार्टीको कारणले छ । त्यसैले पार्टीका साथीहरुको लागि म कहिल्यै पनि चोट पुग्ने काम गर्नेछैन् ।’ उनले भने, ‘निर्वाचन जितेपछि म कहिल्यै पनि मालिक बने भनेर कहिल्यै पनि त्यस्तो सोच्ने छैन ।’

आफूसँग जनताको पक्षमा काम गर्ने जोश र हुटहुटी रहेको बताउँदै अब पार्टी र देशको नेतृत्व गर्न चाहेको बताए । ‘म पार्टीको नेतृत्व गर्न चाहान्छु । म देशको नेतृत्व गर्न चाहान्छु ।’ उनले भने ।

नेता पौडेलले आफूले जिते पछि जितेपछिको व्यवहारमा कहिल्यै पनि फरक नबनाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ५ : २२ बजे

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र