टी २० विश्वकपमा पाकिस्तानमाथि भारतको रोमाञ्चक जित « Khabarhub

टी २० विश्वकपमा पाकिस्तानमाथि भारतको रोमाञ्चक जित


६ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईसीसी विश्वकप टी २० क्रिकेटमा भारतले चिरपरिचत प्रतिद्वन्द्वी पाकिस्तानमाथि ४ विकेटको रोमाञ्चक जित दर्ता गरेको छ । भारत र पाकिस्तानबीच दुइपक्षीय सिरिज नभएको बर्षौ भइसकेको छ ।

यी दुई देशबीचको राजनीतिक लडाईंको असर क्रिकेटमा पनि परिरहेका बेला भारत र पाकिस्तान एसीसी र आईसीसीका टुर्नामेन्टहरुमा मात्रै खेल्दै आएका छन् ।

जसअनुसार आज भारत र पाकिस्तानले अष्ट्रेलियामा जारी आईसीसी टी २० विश्वकप क्रिकेटको सुपर १२ मा प्रतिस्पर्धा गरेका हुन् । पाकिस्तानले दिएको १६० रनको लक्ष्य भारतले अन्तिम बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।

भारतलाई जिताउनका लागि विराट कोहली र हार्दिक पाण्ड्याले आधार तयार गरेका थिए भने हार्दिक आउट भएपछि विराट कोहली र दिनेश कार्तिकले सम्हालेका थिए ।

विराट कोहली ८२ रनमा नटआउट रहे भने हार्दिक पाण्ड्याले ४० रनको पारि खेले । मोहम्मद नवाज र हेरिस रौफले दुई दुई विकेट लिए ।
पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ८ विकेट गुमाएर १५९ रन बनाएको थियो ।

उसका लागि सान मसुदले ५२ तथा इफ्तिकर अहमदले ५१ रनको पारि खेले । अर्सदीप सिंह र हार्दिक पाण्ड्याले तीन तीन विकेट लिए ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ६ : ०७ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि