सिन्धुपाल्चोकको चौतारा अस्पताल आफैँ ‘कोमा’ मा « Khabarhub

सिन्धुपाल्चोकको चौतारा अस्पताल आफैँ ‘कोमा’ मा


६ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कानको उपचारको लागि सिन्धुपाल्चोकको चौतारा अस्पताल पुगेका लक्ष्मण विष्टले उपचारमा आवश्यक सामग्री नभएको अस्पताल प्रशासनको जवाफपछि त्यसै फर्किनु पर्यो । अस्पताल प्रशासनले नै उनलाई काठमाडौँका अस्पतालहरू जान आग्रह गर्यो ।

सिन्धुपाल्चोकबासीलाई अस्पतालको यस्तो जवाफ पहिलो भने होइन । अस्पताल पुग्ने प्रायः बिरामीले पाउने जवाफ यस्तै यस्तै हुने गर्छ । पछिल्लो समय चौतारा अस्पताल ‘रेफर सेन्टर’ जस्तो मात्रै बनेको स्थानीयको दुखेसो छ ।

उपचारका लागि आवश्यक सामान्य सामग्री र चिकित्सक नहुँदा सिन्धुपाल्चोकबासी सामान्य उपचारका लागि समेत काभ्रेको धुलिखेल वा राजधानी काठमाडौं नै पुग्नुपर्ने बाध्यतामा छन् ।

सदरमुकाममा चौतारास्थित यो अस्पताल बागमती प्रदेशअन्तर्गत सञ्चालित छ । अस्पतालको सेवा सुधारको नारा पटक पटक सुने पनि अस्पताल स्वयं भने ‘कोमा’ मा रहेको सर्वसाधारणको टिप्पणी छ ।

चालु आर्थिक वर्ष ०७९/८० को बजेटमा हरेक सरकारी अस्पतालबाट ९८ प्रकारका औषधि निःशुल्क वितरण गर्ने घोषणा भएको थियो । तर चौतारा अस्पतालको फार्मेसीमा अहिले पनि निःशुल्क पाइने औषधिको नामावली ७० प्रकारका मात्रै छ । निःशुल्क भनी लेखिएको औषधि कै समेत अस्पतालले बिल काटेर खुलेआम शुल्क लिइरहेको सेवाग्राहीहरू बताउँछन् ।

चौताराका ठाकुर श्रेष्ठ भन्छन्, ‘निःशुल्क औषधि अस्पतालले सञ्चालन गरेको फार्मेसीमा छैन । नजिकैको निजी मेडिकलमा जानुपर्छ । निःशुल्क औषधिको नाममा यसरी अनियमितता मौलाएको छ ।’

अस्पतालमा दैनिकजसो भिडभाड हुने गरेको छ । सेवामा मात्रै होइन अस्पतालको व्यवस्थापन पनि निकै कमजोर छ । शौैचालयबाट निस्केपछि हात धुन धारोमा पानी हुँदैन । एक्सरे, रगत परीक्षण मेसिन जस्ता सामग्री एक पटक बिग्रिएमा लामो समयसम्म बन्दैन । भवन निर्माणको क्रम रहेकाले सबै बिरामीलाई एउटै कोठामा राखेर उपचार गरिन्छ ।

कानूनअनुसा जेष्ठ नागरिकहरूलाई सरकारी अस्पतालमा ५० प्रतिशत छुट दिइनुपर्ने हो । तर, यो अस्पतालले राज्यले जारी गरेको कानून समेत नटेर्ने गरेको नेपालका बारका अध्यक्ष एवम् अधिवक्ता भुपेन्द्र थिङले बताए । बुबाको उपचार गर्दा कुनै छुट नपाएको र यसबारे प्रश्न गर्दा अस्पतालले अनेक बाहाना बनाएको उनको भनाइ छ ।

चौतारा अस्पताल व्यवस्थापन समिति अध्यक्ष टंक कार्कीले भने न्यूनतम सेवा मापदण्ड कुनै पनि स्वास्थ्य संस्थाको ऐना भएको र कमजोरी भएको भए सुधारेर जाने बताए ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ६ : ४६ बजे

नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँका

दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार

काठमाडौं – दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण

क्यान–११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित

कास्की – भुटानको राष्ट्रिय क्रिकेट टोली आज पोखरामा भएको टी–२०

रास्वपा छाडेर कांग्रेसमा लागेकी ममता शर्मा महाधिवेशन प्रतिनिधिमा चयन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेर नेपाली कांग्रेसको राजनीतिमा

‘गगन-देउवा कसैसँग गुनासो छैन, सभापति र वरिष्ठ नेताको लोभ पनि छैन, देशको अस्तित्वको चिन्ता छ’

काठमाडौं- नेपाली कांग्रेसको कुनै पनि महाधिवेशनमा सहभागी नहुने अडान लिएर