सिन्धुपाल्चोकको चौतारा अस्पताल आफैँ 'कोमा' मा | Khabarhub Khabarhub

सिन्धुपाल्चोकको चौतारा अस्पताल आफैँ ‘कोमा’ मा


६ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कानको उपचारको लागि सिन्धुपाल्चोकको चौतारा अस्पताल पुगेका लक्ष्मण विष्टले उपचारमा आवश्यक सामग्री नभएको अस्पताल प्रशासनको जवाफपछि त्यसै फर्किनु पर्यो । अस्पताल प्रशासनले नै उनलाई काठमाडौँका अस्पतालहरू जान आग्रह गर्यो ।

सिन्धुपाल्चोकबासीलाई अस्पतालको यस्तो जवाफ पहिलो भने होइन । अस्पताल पुग्ने प्रायः बिरामीले पाउने जवाफ यस्तै यस्तै हुने गर्छ । पछिल्लो समय चौतारा अस्पताल ‘रेफर सेन्टर’ जस्तो मात्रै बनेको स्थानीयको दुखेसो छ ।

उपचारका लागि आवश्यक सामान्य सामग्री र चिकित्सक नहुँदा सिन्धुपाल्चोकबासी सामान्य उपचारका लागि समेत काभ्रेको धुलिखेल वा राजधानी काठमाडौं नै पुग्नुपर्ने बाध्यतामा छन् ।

सदरमुकाममा चौतारास्थित यो अस्पताल बागमती प्रदेशअन्तर्गत सञ्चालित छ । अस्पतालको सेवा सुधारको नारा पटक पटक सुने पनि अस्पताल स्वयं भने ‘कोमा’ मा रहेको सर्वसाधारणको टिप्पणी छ ।

चालु आर्थिक वर्ष ०७९/८० को बजेटमा हरेक सरकारी अस्पतालबाट ९८ प्रकारका औषधि निःशुल्क वितरण गर्ने घोषणा भएको थियो । तर चौतारा अस्पतालको फार्मेसीमा अहिले पनि निःशुल्क पाइने औषधिको नामावली ७० प्रकारका मात्रै छ । निःशुल्क भनी लेखिएको औषधि कै समेत अस्पतालले बिल काटेर खुलेआम शुल्क लिइरहेको सेवाग्राहीहरू बताउँछन् ।

चौताराका ठाकुर श्रेष्ठ भन्छन्, ‘निःशुल्क औषधि अस्पतालले सञ्चालन गरेको फार्मेसीमा छैन । नजिकैको निजी मेडिकलमा जानुपर्छ । निःशुल्क औषधिको नाममा यसरी अनियमितता मौलाएको छ ।’

अस्पतालमा दैनिकजसो भिडभाड हुने गरेको छ । सेवामा मात्रै होइन अस्पतालको व्यवस्थापन पनि निकै कमजोर छ । शौैचालयबाट निस्केपछि हात धुन धारोमा पानी हुँदैन । एक्सरे, रगत परीक्षण मेसिन जस्ता सामग्री एक पटक बिग्रिएमा लामो समयसम्म बन्दैन । भवन निर्माणको क्रम रहेकाले सबै बिरामीलाई एउटै कोठामा राखेर उपचार गरिन्छ ।

कानूनअनुसा जेष्ठ नागरिकहरूलाई सरकारी अस्पतालमा ५० प्रतिशत छुट दिइनुपर्ने हो । तर, यो अस्पतालले राज्यले जारी गरेको कानून समेत नटेर्ने गरेको नेपालका बारका अध्यक्ष एवम् अधिवक्ता भुपेन्द्र थिङले बताए । बुबाको उपचार गर्दा कुनै छुट नपाएको र यसबारे प्रश्न गर्दा अस्पतालले अनेक बाहाना बनाएको उनको भनाइ छ ।

चौतारा अस्पताल व्यवस्थापन समिति अध्यक्ष टंक कार्कीले भने न्यूनतम सेवा मापदण्ड कुनै पनि स्वास्थ्य संस्थाको ऐना भएको र कमजोरी भएको भए सुधारेर जाने बताए ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ६ : ४६ बजे

मनाङ प्रदेशसभामा उपनिर्वाचनका लागि सर्वोच्चले खोलिदियो बाटो

काठमाडौँ- मनाङ प्रदेशसभा क्षेत्र नं. २ मा आगामी कात्तिक १७

वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका लागि सुरक्षा निकायले समन्वय गर्ने

जनकपुर– वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका लागि सुरक्षा निकायले समन्वय तथा

पशुपतिनाथमा तीजको तयारी पूरा

काठमाडौं– हरितालिका (तीज) पर्वमा पशुपतिनाथ दर्शनका लागि सबै तयारी पूरा

सुरक्षा निकायका कार्यालयहरूलाई २६ थान सवारिसाधन वितरण

महेन्द्रनगर– मधेस प्रदेश सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयले प्रदेशस्थित

भियतनामी उपराष्ट्रपति पुगिन् पाटन दरबार स्क्वायर (तस्बिरहरू)

ललितपुर- नेपालको तीन दिने औपचारिक भ्रमणमा रहेकी  भियतनामका उपराष्ट्रपति वो