चुनावी चहलपहल बढ्यो, नेताहरु मतदाता रिझाउँन व्यस्त « Khabarhub

चुनावी चहलपहल बढ्यो, नेताहरु मतदाता रिझाउँन व्यस्त


६ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

वेदकोट – प्रतिनिधिसभा र प्रदेशसभा चुनावले गाउँ, सहर र बजारमा चुनावी माहोल तातेको छ । उम्मेदवारी दर्ता भएपछि मतदाता रिझाउन नेताहरू बस्तीमा पस्न थालेका छन् ।

चुनावको मिति नजिकिएसँगै राजनीतिक दलहरू तथा स्वतन्त्र उम्मेदवार मतदातासँग भेटघाट गरेर आफ्ना एजेन्डा प्रस्तुत गर्नमा व्यस्त छन् । नेकपा (एमाले) कञ्चनपुरले चुनावी कार्यक्रमलाई तीव्र गति दिएको सचिव पल्लवराज भट्टले बताए ।

‘पालिकास्तरीय भेला सकेर वडास्तरीय भेला आयोजना गरिरहेका छौँ, वडामा सम्पर्क कार्यालय पनि स्थापना भइरहेका छन्’, उनले भने , ‘चुनावको तयारी तीव्ररूपमा अगाडि बढाएका छौँ, सँगै घरदैलो अभियानमा मतदाता भेटघाट गरेर आफ्ना एजेन्डा सुनाउँदैछौँ ।’

नेपाली कांग्रेस कञ्चनपुरले टोलटोलमा कार्यकर्ताहरूसँग भेटघाट गरेर सुझाव सङ्कलन गर्ने कार्य गरिरहेको सचिव भीम भट्टले बताए ।

वाम लोकतान्त्रिक गठबन्धनले आचारसंहितालाई दृष्टिगत गरेर संयुक्तरूपमा चुनाव केन्द्रित अभियानलाई तीव्रताका अगाडि बढाएको उनको भनाइ छ । कञ्चनपुरमा प्रतिनिधिसभाका तीन सिटका लागि ३२ र प्रदेशसभाका छ सिटका लागि ५० गरेर कूल ८२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

कञ्चनपुरमा नेपाली कांग्रेसले नेकपा (माओवादी केन्द्र)सँग चुनावी तालमेल गरेको छ । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) भने एक्लै चुनावमा छ । एमालेले कञ्चनपुरमा राप्रपासँग चुनावी तालमेल गरेको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ८ : ३५ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद