सरकारले सुरक्षा व्यवस्थालाई पहिलो प्राथमिकतामा राखेको छ : गृहमन्त्री खाण « Khabarhub

सरकारले सुरक्षा व्यवस्थालाई पहिलो प्राथमिकतामा राखेको छ : गृहमन्त्री खाण


६ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –गृहमन्त्री बालकृष्ण खाणले सरकारले मुलुकको सुरक्षा व्यवस्थालाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् । गृह मन्त्रालय र बागमती प्रदेश आन्तरिक तथा कानुन मन्त्रालयको आयोजनामा आज यहाँ आयोजना गरिएको बागमती प्रदेशस्तरीय ‘सुरक्षा गोष्ठी’लाई सम्बोधन गर्दै उनले सीमित स्रोत र साधनबीच सरकारले मुलुकको शान्तिसुरक्षालाई सुढृढ बनाएको बताए।

‘सरकारले सदैव सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको छ, आगामी दिनमा झन् व्यवस्थित बनाउँदै लैजान्छौँ’, उनले भने । गृहमन्त्री खाणले सुरक्षा निकायले दैनिक कार्यमात्र सम्पादन नगरेर बेलाबेलामा मुलुकमा परेको विपत्तिमा खेलेको भूमिका सराहनीय रहेको बताए । उनले स्थानीय तहको निर्वाचन एकै दिनमा सम्पन्न गरेजस्तो प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन पनि एकै दिन सम्पन्न गर्ने गरी सरकार लागेको बताउँदै निर्वाचनको समयमा हुनसक्ने सुरक्षा चुनौतीप्रति सहज रहन सुरक्षा निकायलाई निर्देशन दिए । सुरक्षा गोष्ठीले एकै दिन निर्वाचन सम्पन्न गर्न वातावरण तयार गरेको उनको भनाइ थियो ।

गृहमन्त्री खाणले प्रतिनिधिसभा तथा राष्ट्रियसभाबाट पास भएको नागरिकता विधेयक प्रमाणीकरण नहुँदा जनतामा धेरै समस्या उत्पन्न भएको बताए । ‘नागरिकता विधेयक प्रमाणीकरण नहुँदा कतिपय नागरिकले बैंकमा खाता खोल्न पाएका छैनन्, कसैले उच्च शिक्षा हासिल गर्न पाएका छैनन्, कसैले रोजगारीका लागि दरखास्त दिन पाएका छैनन्’, उनले भने । कुनै विदेशी नागरिकलाई नागरिकता दिनका लागि नागरिकता विधेयक नल्याएको उनको भनाइ थियो ।

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले सीमित स्रोतसाधनलाई भरपुर प्रयोग गरेर निर्वाचन सुरक्षालाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउनुपर्ने बताए । प्रदेश सरकार निर्वाचन शान्तिसुरक्षालाई मजबुद बनाउन लागिपरेको उनको भनाइ थियो ।

गृह मन्त्रालय सुरक्षा महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेलले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी जिल्लास्तरीय सुरक्षा योजना निर्माण भइसकेको बताए । उनले कम खर्चमा बढी उपलब्धि हासिल हुने गरी कार्यसम्पादन गर्न सुरक्षा निकायलाई आग्रह गरे ।

गोष्ठीमा गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंह, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, बागमती प्रदेशका १३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरुले मुलुकको वर्तमान सुरक्षा अवस्थाबारे आ–आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  १० : ५९ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद