डडेलधुरामा २०४८ सालदेखि निरन्तर देउवा « Khabarhub

डडेलधुरामा २०४८ सालदेखि निरन्तर देउवा

सागरले रोक्न सकेनन् सातौं जित


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधामन्त्री शेरबहादुर देउवा डडेलधुराबाट सातौं पटक संसदमा निर्वाचित भएका छन्। बुधबार कांग्रेस उम्मेदवार देउवा २५ हजार ५३४ मतसहित विजयी भएका हुन्। उनँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र सागर ढकालले १३ हजार ४२ मत ल्याएका छन्। साढे १२ हजार मतान्तरसहित देउवा विजयी भएका हुन् ।

डडेलधुराबाट देउवा २०४८ सालपछि लगातार संसदमा निर्वाचित हुँदै आएका छन्। एक मात्रै प्रतिनिधिसभा क्षेत्र रहेको डडेलधुरामा यस पटक देउवालाई हराउन स्वतन्त्र उम्मेदवार सागर ढकाल र एमालेको साथ पाएका बीपी कांग्रेसका मल्ल असफल भएका हुन्। यो जितसँगै देउवाले इतिहास रचेका छन्। डडेलधुरामा देउवाको उदयलाई निर्विकल्प रुपमासमेत हेरिएको छ।

देउवा वि.सं. २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा डडेलधुरा जिल्लाबाट निर्वाचित भए। यो अपराजित यात्रालाई २०६४ र २०७० मा भएको संविधान सभाको निर्वाचनमा उनले निरन्तरता पाए।

यसअघिको संवैधानिक प्रावधान अनुसार एकसाथ दुई ठाउँमा उम्मेदवारी दिन पाइने हुँदा देउवा डडेलधुराका साथै कञ्चनपुर र कैलालीबाटसमेत विजयी भएका थिए। २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा डडेलधुराबाटै विजयी देउवा अहिले सातौं पटक विजयी भएका हुन्। देउवाको यो यात्रालाई ऐतिहासिक मानिएको छ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ८ : ३६ बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनेबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही– सर्लाहीको सिर्सियामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६