घण्टी बजाउँदै जितेका युवा सांसद अब संसदमा | Khabarhub Khabarhub

घण्टी बजाउँदै जितेका युवा सांसद अब संसदमा

‘जसले नेपाली राजनीतिमा पुस्तान्तरणको नेतृत्व गर्न सक्छन्’


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : पत्रकार सोविता गौतम काठमाडौँ २ मा उम्मेद्वारी घोषणा गर्दा धेरैलाई उनले जित्न सक्छिन् भन्ने अनुमान पनि थिएन । सत्ता गठबन्धनले पूर्वसभामुख ओनसरी घर्तीलाई साझा उम्मेदवारका रुपमा उठाउँदा सोविताले जित्ने कुनै अनुमान थिएन ।

रोल्पाकी ओनसरीलाई स्थानीयले भोट दिनेमा शंका थियो । तर पनि उनले हिम्मत हारिनन् । एमाले र कांग्रेसको बाहुल्यता रहेको सो क्षेत्रमा सबैलाई चकित पार्दै स्वतन्त्र पार्टी घण्टीबाट २७ वर्षीया सोविताले चुनाव जितेकी छन् ।

सम्भवतः सबैभन्दा कान्छी सांसद बनेर उनी प्रतिनिधिसभा प्रवेश गर्दैछिन् । यो नेपाली राजनीतिमा पुस्तान्तरणको एउटा कोशेढुंगा साबित हुनेछ ।

यस्तै शिशिर खनाल नेपाली शैक्षिक अभियानका एक ‘मिराकल’ हुन् । नेपालका सामूदायिक विद्यालयको सुधार र स्तरोन्नतिका लागि शिशिरले ‘टीच फर नेपाल’बाट धेरै काम गरेका छन् । जसकारण उनी जति चर्चामा रहे, त्यति सफल, बौद्धिक र महत्वपूर्ण व्यक्तिका रुपमा उभिए ।

राजनीतिलाई फोहोरी खेल भन्दै बसेका उनी तत्काल त्यस्तो कदम उठाउने सोचमा थिएनन् । तर स्थानीय तहको चुनावमा बालेन शाह, हर्क साम्पाङ जस्ता नयाँ अनुहार आएपछि शिशिर पनि काठमाडौँ ६ बाट उनले उम्मेद्वारी दर्ता गरे ।

अहिले अग्रता बढाइरहेका उनी जित्ने लगभग पक्कापक्की जस्तै देखिन्छ । यस्तै काठमाडौँ ८ बाट विराजभक्त श्रेष्ठ विजयी भएका छन् । उनले अहिलेका पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई हराउँदै जित हासिल गरेका छन् ।

यस्तै काठमाडौँ ७ बाट गणेश पराजुलीले जितेका छन् । काठमाडौँबाट मात्रै स्वतन्त्र पार्टीका चार जना सांसदले जित्ने पक्कापक्की भएपछि कम्युनिष्टका उम्मेद्वार एमाले र माओवादी खुम्चिएका छन् । काठमाडौँमा कम्युनिष्टका नाममा विरासत धान्ने परम्परा भने अहिलेका लागि रोकिएको छ । केवल जो युवा र भिजिनरी छ, उसले जित्ने सम्भावना धेरै हदसम्म बढेको छ ।

गणेश पराजुली, शिशिर खनाल, विराजभक्त श्रेष्ठ र सोविता गौतमको जितले यसपटक रविको पार्टीबाट युवाहरू नै उदाएका छन् । जबर्जस्त उदाएका युवाहरुले संसद्मा युवाकै प्रतिनिधित्व गर्नेछन् । यसका साथै देश बनाउन अब युवा नै अघि सरेको प्रमाणित भएको छ ।

यो चुनावबाट जसरी रविको पार्टीमार्फत युवाहरू आएका छन्, यसले नेपाली राजनीतिको पुस्तान्तरणमा ‘मिराकल’ भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

 

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ३ : ३० बजे

वर्षाले केही घट्यो वायु प्रदूषण

काठमाडौं– मुलुकका विभिन्न स्थानमा हिजोदेखि सुरु भएको वर्षासँगै काठमाडौँ उपत्यका

उपेन्द्रले भने : विदेशमा रहेका बेला म विरुद्ध ठूलो राजनीतिक षड्यन्त्र गरियो

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित गरिएपछि अध्यक्ष उपेन्द्र

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु

संसद्‍मा बोल्न अनुमति माग्दै गृहमन्त्री रविले पठाए सभामुखलाई पत्र 

काठमाडौं–  संसद्‍मा बोल्न अनुमति माग्दै सभामुख देवराज घिमिरेलाई उपप्रधान तथा

बागमती प्रदेशमा वैशाख २८ देखि युवा सम्मेलन

मनहरी– बाग्मती प्रदेश युवा परिषद्ले दोस्रो प्रदेश युवा सम्मेलन आयोजना