समानुपातिकतर्फ कुन पार्टीको मत कति? « Khabarhub

समानुपातिकतर्फ कुन पार्टीको मत कति?


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभातर्फको १६५ सिटमध्ये १३५ सिटमा मतगणना भइरहेको छ । बाँकी ३० सिटमा विभिन्न प्राविधिक समस्या र कतिपय स्थानमा मतदान नै स्थगित भएका कारण गणना हुन सकेको छैन ।

हालसम्म मतगणना भएका क्षेत्रमध्ये कांग्रेसले सर्वाधिक १३ सिटमा विजयी हासिल गरिसकेको छ भने दोस्रो स्थानमा रहेको एमालेले चार सिट जितेको छ । यस्तै, तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीले तीन सिट, माओवादीले एक सिट, राप्रपाले एक सिट, एकीकृत समाजवादीले एक सिट र नागरिक उन्मुक्ती पार्टीले एक सिटमा जित हासिल गरेका छन् ।

प्रत्यक्षसँगसँगै समानुपातिकतर्फको ११० सिटका लागि आएको मत पनि गणना भइरहेको छ । समानुपातिकतर्फ सर्वाधिक मत एमालेले पाइरहेको छ । हालसम्म एमालेले दुई लाख ४१ हजार नौ सय ९९ मत पाएको छ भने दोस्रो स्थानमा रहेको कांग्रेसले दुई लाख १९ हजार चार सय ४९ मत पाएको छ ।

यस्तै, अन्य दलहरू क्रमशः माओवादीले एक लाख चार सय ५३ मत, राष्ट्रिय स्वतन्त्र पार्टीले एक लाख १२ हजार ६१ मत, राप्रपाले ५७ हजार सात सय ६४ मत, जसपाले १७ हजार सात सय ५८ मत, एकीकृत समाजवादीले १३ हजार तीन सय मत र नागरिक उन्मुक्ती पार्टीले ११ हजार तीन सय २१ मत पाएका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  २ : ०८ बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै