सर्वेन्द्रनाथ शुक्ला विजयी « Khabarhub

सर्वेन्द्रनाथ शुक्ला विजयी


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


573
Shares
  • change font
  • change font
  • change font

भैरहवा– रूपन्देहीको क्षेत्र नम्बर ४ प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ला विजयी भएका छन् ।

५ हजार २ सय ९६ मतान्तरले  नेपाली कांग्रेसका प्रमोद यादवलाई पछि पार्दै शुक्ला विजयी बनेका हुन् । १३ जना उम्मेदवार रहेको क्षेत्र नम्बर ४ बाट शुक्ला २८ हजार मत ल्याई विजयी बनेका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रमोद यादवले २२ हजार ७ सय ४ मत ल्याएका छन् भने तेस्रो स्थानमा जनमत पार्टीका भोपेन्द्र यादवले १५ हजार ५ सय २६ मत ल्याए ।

विजयी भएपनि निर्वाचन कार्यालयले घोषणा गरेको छैन । २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका प्रमोद कुमार यादवले शुक्ललाई पराजित गरेका थिए । अहिले शुक्लले प्रमोद यादवलाई पराजित गरेका छन् ।

निर्वाचन क्षेत्र नम्बर ४ मा १ लाख १० हजार ६ सय ५९ मतदाता रहेकोमा ७७ हजार ६४ जनाले मताधिकार प्रयोग गरेका थिए । प्रत्यक्ष तर्फ भने प्रतिनिधि सभामा ७६ हजार ६ सय ७५ जनाले मत हालेका थिए । 

यस्तै प्रदेश सभा सदस्यमा १ मा लोसपाकै कन्हैया यादव १५ हजार १ सय ५५ मत ल्याई विजयी बनेका छन भने प्रदेश सभा २ मा नेपाली कांग्रेसका बसिउद्दीन खाँ ११ हजार ३ सय ५ मत ल्याई विजयी भइसकेका छन् । प्रत्यक्ष तर्फको निर्वाचन पछि अब समानुपतिकतर्फको मतगणना सुरु हुनेछ । 

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ७ : ४७ बजे

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले