तीन चरणमा रेल सेवा चल्ने | Khabarhub Khabarhub

तीन चरणमा रेल सेवा चल्ने


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जयनगर–कुर्था रेल्वे मार्गमा मङ्सिर ११ गतेदेखि १३ गतेसम्म रेल सेवा दैनिक तीन ‘सिफ्ट’ मा चल्ने भएको छ । मिथिला क्षेत्रको प्रसिद्ध सीताराम विवाह पञ्चमी पर्वलाई दृष्टिगत गरी मङ्सिर ११, १२ र १३ गतेसम्म रेल सेवा दैनिक तीन सिफ्ट चलाइने नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ । 

विवाह पञ्चमी मेला महोत्सवका लागि आउने धार्मिक तीर्थयात्री तथा भक्तजनको सुविधालाई मध्यनजर गरी तीन दिन बिहान ८ः३० बजे जयनगरबाट कुर्था, बिहान १०ः४५ बजे कुर्थाबाट जयनगर, पुनः १२ः३० बजे जयनगरबाट जनकपुरधाम, दिउँसो १ः४० जनकपुरबाट जयनगर तथा दिउँसो ३ बजे जयनगरबाट कुर्था र बेलुका ५ः१५ बजे कुर्थाबाट जयनगर रेल सेवा सञ्चालन गरिने नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले जानकारी दिए।     

जयनगरदेखि महोत्तरीको बर्दिबाससम्म ७० किलोमिटर निर्माणाधीन रेलमार्गमध्ये जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर रेलमार्गमा गत २०७८ चैत २० गतेदेखि नियमित रेल सेवा सञ्चालन भइरहेको छ ।

सो मार्गमा चल्ने रेल सेवाको गत २०७८ चैत २० गते नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जयनगर–कुर्था रेल मार्गमा रेल सेवाको उद्घाटन गरेका थिए । त्यसयता रेल सेवा दैनिक दुई पटक आउने र दुई पटक जाने गरिरहेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ७ : ५३ बजे

क्रिकेटर लामिछानेको मुद्दामा आज पनि बहस, फैसला आउन सक्ने

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दामा उच्च

लखनउमाथि दिल्लीको जित : कस्तो छ प्लेअफको गणितीय सम्भावना ?

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ २ गते बुधबार सन्

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल जेठ २ गते बुधबार तदनुसार