रूपन्देहीमा ट्राम रेलको परियोजना सुरु « Khabarhub

रूपन्देहीमा ट्राम रेलको परियोजना सुरु


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

बुटवल– रूपन्देहीको तिलोत्तमा नगरपालिकाभित्र आन्तरिक पर्यटन बढावा दिने उद्देश्यका साथ रेल यातायातबाट जोड्न तिलोत्तमा ट्राम रेलको शिलान्यास गरिएको छ । एक समारोहका बीच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले रेलको शिलान्यास गरेका हुन् ।

तिलोत्तमा नगरपालिकाको गौरवको आयोजनाका रुपमा अगाडि सारेको उनले बताए । यो तिलोत्तमा नगरवासीको समग्र साथ र सहयोगमा परियोजना सम्पन्न हुने आशा उनले व्यक्त गरे । तिलोत्तमा नगरमा नगर विकास कोषले एक हजार बिघामा नयाँ सहर विकास गर्ने कामसमेत अघि बढिरहेको उनले बताए । धेरै परियोजनाहरू नगरमा सञ्चालन भइरहेको उनले बताए ।

तिलोत्तमा पब्लिक रेल्वे कम्पनी लिमिटेडका अध्यक्ष हरि तिवारीले समुदाय, स्थानीय पालिका र र एडीबीलगायत दातृ निकायहरूको सहयोगमा परियोजना चलाउन लागेको बताए । एक वर्षभित्र चार किलोमिटरको तयारी पूरा गरेर सञ्चालन हुने उनले बताए । लुम्बिनी प्रदेश सरकारबाट प्राप्त १५ लाख रुपैयाँबाट डिपिआर तयार गरिएको उनले जानकारी दिए ।

रेल्वेका प्रबन्ध निर्देशक भोला शर्माले एक वर्ष ढिलाई भएको बताए । कुल आठ अर्ब लागतमा ५० किलोमिटरको रेल सेवा संचालन हुनेछ । श्रोत पहिचान गरी आवश्यक पहल अगाडि बढाईएको उनले बताए । प्रदेश र नगरपालिकाबाट ५१ प्रतिशत र जनताबाट बाँकी लगानीको तयारी रहेको उनले बताए । चक्रपथको ४३ फिट भित्री बाटोको छेउँमा जोडेर १४ फिट भागमा ट्राम रेल सञ्चालन हुने उनले बताए ।

यो विद्युतबाट चल्ने र ७० जना चढ्न मिल्ने लाईट रेल्वे भएको उनले बताए । रेल सेवामा दैनिक ३० हजार, ८ लाख मासिक र वर्षमा एक करोड मानिसले सेवा लिने तथा यसबाहेक सामान ढुवानी लगायतको समेत सेवा दिन सकिने सम्भावना रहेको उनले बताए । यसबाट वार्षिक एक अर्ब १० करोड आम्दानी गर्ने र खर्च कटाएर एक अर्ब बचत हुने उनले दाबी गरे ।

परियोजना सुरु भएपछि एक सय जना स्थायी कर्मचारीले रोजगार पाउने छन् । ६ वटा ट्राम टाईगर प्यालेस, ६ वटा ट्राम रोहिणीतर्फ चल्ने उनले बताए । एक दिनमा एउटा ट्राममा एक पटकमा २५ सय चढ्ने सक्ने उनले बताए । पहिलो चरणमा चक्रपथ सकेपछि बाँकी हाईवेलाई जोड्ने गरी स्तरवृद्धि र विकास गर्ने लक्ष्य रहेको उनले बताए । रेल्वेमा ५५० जना संस्थापक सदस्य रहेको उनले बताए । कार्यक्रममा सचिव डिल्लीनारायण पाण्डेले देशकै नमुना रेल्बे सञ्चालन गर्न आफूहरू आतुर रहेको बताए ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  १ : ३२ बजे

मतदातासमक्ष एमाले महासचिव पोखरेलका पाँच संकल्प 

देउखुरी– दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा

गगनले भने : हिजो माओवादीले मान्छे मारिरहँदा नक्कली शरणार्थी बनेर मस्ती मार्नेहरूलाई नपत्याउनू

सुर्खेत- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले माओवादी युद्धका समयमा नक्कली

‘अबको पाँच वर्षलाई खेर जान दिँदैनौँ, हरेक महिनाको प्रगति विवरण सार्वजनिक गर्छौँ’

सुर्खेत- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको पाँच वर्षलाई स्वर्णिम

प्रचण्ड र माधवले देखेको खतरा : कुनै दलको बहुमत आउँदैन, देश फेरि अस्थिरतातिर जान्छ

काठमाडौं- विभिन्न कम्युनिष्ट तथा समाजवादी पार्टीहरू मिलेर गत कात्तिक १९

गोरखामा रविले भने- सिंहदरबार पुनःनिर्माण गर्न सकिन्छ 

गोरखा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार