रूपन्देहीमा ट्राम रेलको परियोजना सुरु | Khabarhub Khabarhub

रूपन्देहीमा ट्राम रेलको परियोजना सुरु


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

बुटवल– रूपन्देहीको तिलोत्तमा नगरपालिकाभित्र आन्तरिक पर्यटन बढावा दिने उद्देश्यका साथ रेल यातायातबाट जोड्न तिलोत्तमा ट्राम रेलको शिलान्यास गरिएको छ । एक समारोहका बीच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले रेलको शिलान्यास गरेका हुन् ।

तिलोत्तमा नगरपालिकाको गौरवको आयोजनाका रुपमा अगाडि सारेको उनले बताए । यो तिलोत्तमा नगरवासीको समग्र साथ र सहयोगमा परियोजना सम्पन्न हुने आशा उनले व्यक्त गरे । तिलोत्तमा नगरमा नगर विकास कोषले एक हजार बिघामा नयाँ सहर विकास गर्ने कामसमेत अघि बढिरहेको उनले बताए । धेरै परियोजनाहरू नगरमा सञ्चालन भइरहेको उनले बताए ।

तिलोत्तमा पब्लिक रेल्वे कम्पनी लिमिटेडका अध्यक्ष हरि तिवारीले समुदाय, स्थानीय पालिका र र एडीबीलगायत दातृ निकायहरूको सहयोगमा परियोजना चलाउन लागेको बताए । एक वर्षभित्र चार किलोमिटरको तयारी पूरा गरेर सञ्चालन हुने उनले बताए । लुम्बिनी प्रदेश सरकारबाट प्राप्त १५ लाख रुपैयाँबाट डिपिआर तयार गरिएको उनले जानकारी दिए ।

रेल्वेका प्रबन्ध निर्देशक भोला शर्माले एक वर्ष ढिलाई भएको बताए । कुल आठ अर्ब लागतमा ५० किलोमिटरको रेल सेवा संचालन हुनेछ । श्रोत पहिचान गरी आवश्यक पहल अगाडि बढाईएको उनले बताए । प्रदेश र नगरपालिकाबाट ५१ प्रतिशत र जनताबाट बाँकी लगानीको तयारी रहेको उनले बताए । चक्रपथको ४३ फिट भित्री बाटोको छेउँमा जोडेर १४ फिट भागमा ट्राम रेल सञ्चालन हुने उनले बताए ।

यो विद्युतबाट चल्ने र ७० जना चढ्न मिल्ने लाईट रेल्वे भएको उनले बताए । रेल सेवामा दैनिक ३० हजार, ८ लाख मासिक र वर्षमा एक करोड मानिसले सेवा लिने तथा यसबाहेक सामान ढुवानी लगायतको समेत सेवा दिन सकिने सम्भावना रहेको उनले बताए । यसबाट वार्षिक एक अर्ब १० करोड आम्दानी गर्ने र खर्च कटाएर एक अर्ब बचत हुने उनले दाबी गरे ।

परियोजना सुरु भएपछि एक सय जना स्थायी कर्मचारीले रोजगार पाउने छन् । ६ वटा ट्राम टाईगर प्यालेस, ६ वटा ट्राम रोहिणीतर्फ चल्ने उनले बताए । एक दिनमा एउटा ट्राममा एक पटकमा २५ सय चढ्ने सक्ने उनले बताए । पहिलो चरणमा चक्रपथ सकेपछि बाँकी हाईवेलाई जोड्ने गरी स्तरवृद्धि र विकास गर्ने लक्ष्य रहेको उनले बताए । रेल्वेमा ५५० जना संस्थापक सदस्य रहेको उनले बताए । कार्यक्रममा सचिव डिल्लीनारायण पाण्डेले देशकै नमुना रेल्बे सञ्चालन गर्न आफूहरू आतुर रहेको बताए ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  १ : ३२ बजे

विवादसँगै प्रश्न उठेपछि सुदन गुरूङ मन्त्री नबन्ने

काठमाडौं- हामी नेपाली अभियानका संयोजक तथा जेन-जी आन्दोलनका अभियान्ता सुदन

जेन–जी आन्दोलनमा ज्यान गुमाएकाका परिवारलाई १० लाख रुपैयाँ दिने प्रधानमन्त्रीको निर्णय

काठमाडौं– जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका परिवारलाई १० लाख रुपैयाँ

उपत्यका लगायत देशभरको जनजीवन सामान्य बन्दै

काठमाडौं– काठमाडौं उपत्यका लगायत देशभरको जनजीवन सामान्य बनेको छ ।  

अमेरिकाद्वारा अन्तरिम सरकारको स्वागत, चुनावमा सघाउने वचन

काठमाडौं– नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकोमा अमेरिकाले