गगनको नयाँ नेतृत्वको यात्रा चुनौतिपुर्ण | Khabarhub Khabarhub

गगनको नयाँ नेतृत्वको यात्रा चुनौतिपुर्ण


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : कांग्रेस महामन्त्री गगन थापाले संसदीय दलको नेताको चुनाव हारेपछि उनको आगामी यात्रााबारे अनेकन जिज्ञासा उठेका छन् । यसपटक प्रधानमन्त्रीका लागि भोट मागेका उनले संसदीय दलको नेताको चुनाव हारेपछि अब त्यो च्याप्टर बन्द भएको छ ।

तर यससँगै उनको आगामी नेतृत्व यात्रा भने चुनौतिपूर्ण देखिएको छ । यसपटक संसदीय दलको नेताको चुनाव लड्दा उनलाई सबैभन्दा बढी चुनौति आफ्नै गुटबाट शेखर कोइरालाले दिए । सुरुमा गगन एक्लैले संस्थापनइतर समूहबाट संसदीय दलको नेतामा उम्मेद्वारी दिने बताएका थिए ।

तर पछि गगन समूहबाट शेखर कोइराला आफैँले संसदीय दलको चुनाव लड्ने आकांक्षा देखाए । उनले आकांक्षा मात्रै होइन, उम्मेद्वारी दिने पनि योजना बनाए । यसले गगनलाई ठूलो चुनौति थपिएको थियो । अन्ततः आफ्नो गुटको रक्षाका लागि शेखरले गगनलाई संसदीय दलको नेताको चुनाव लड्न ठाउँ छाडे ।

त्यो पनि आगामी महाधिवेशनमा शेखर सभापति उठ्दा प्रस्तावक बन्ने शर्तमा । यो गगनका लागि ठूलो चुनौति हो । १४ औँ महाधिवेशनमा भारी मत ल्याएर महामन्त्री निर्वाचित भएका गगनलाई आउँदो महाधिवेशनमा सभापतिकै आकांक्षीको रुपमा हेरिएको छ ।

तर अहिले नै संसदीय दलको चुनाव लड्दा उनले शेखरको प्रस्तावक बस्ने कुरामा सहीछाप हानिसकेका छन् । यसले आगामी दिनमा उनलाई नयाँ चुनौति थपेको छ । अब उनी केवल संसदीय दलको नेतामा मात्रै सीमित हुन्छन् कि पार्टी नेतृत्वमा पुग्छन्, अहिलेको गम्भीर प्रश्न यो हो ।

गगन आफूलाई युवा पुस्ता दाबी गरिरहँदा नेतृत्वमा पुग्ने महंत्वाकांक्षी पनि त्यत्तिकै पालिरहेका छन् । किनकी उनी अब आफ्नो पुस्ताले कांग्रेसमा राज गरोस् भन्ने चाहन्छन् । त्यसका लागि विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, धनराज गुरुङहरु एकै ठाउँमा छन् ।

त्यसैले पनि अबका दिनमा गगन थापाहरूको दाबी सभापतिमै हुन सक्छ । त्यसमाथि युवापुस्ताका नेताहरू मिलेको खण्डमा बुढापुस्ताका नेताहरूलाई केही गाह्रो पनि हुन सक्छ । तर यसबेला गगनले भावी महाधिवेशनमा शेखरलाई सभापति बनाउन प्रस्तावक बन्छु भनेर अहिले नै सहमति दिनाले अब उनी नेतृत्व पुग्न कि सहमति तोड्नुपर्छ, कि त पुरै पार्टीमा आफ्नो पक्षमा माहोल बनाउनुपर्छ ।

अन्यथा उनले पार्टी सभापति शेखरलाई छाडेर आफू संसदीय दलको नेता बन्ने हुनुपर्छ । तर प्राय प्रचलित दलीय अवस्था जो पार्टी सभापति बन्छ, उसलाई नै संसदीय दलको नेता चुन्ने प्रवृत्ति छ ।

यस्तो अवस्थामा भोलिका दिनमा शेखर सभापति बन्दा उनी आफैँ संसदीय दलको नेता बन्न सक्छन् । त्यसैले गर्दा पनि गगनको आगामी यात्रा चुनौतिपूर्ण छ । त्यसमाथि पछिल्लो समय युवाहरूको लहर रवि लामिछानेहरुले ल्याएका छन् ।

त्यसकारण पनि अब गगन थापालाई आफ्नो क्रेज र छवि बचाइराख्न चुनौति छ । यसका लागि उनले आगामी राजनीतिक रणनीति कसरी तयार पार्छन्, त्यो समयले बताउँला । तर यसअघि गगनले जसरी अबको कांग्रेस नेतृत्वमा दाबी गर्ने र महत्वाकांक्षा राख्थे, अब त्यो पूरा गर्न धेरै कठिन र चुनौति छ ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  २ : ०७ बजे

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ

कामठाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो

रविले बोले पनि फुकेन संसदको गाँठो

काठमाडौं- प्रतिनिधिसभा बैठकमा भइरहेको अवरोध हटाउने सत्तापक्ष र प्रतिपक्षको केही