थाई प्रधानमन्त्रीद्वारा आगामी आम निर्वाचनका लागि उम्मेदवारी घोषणा « Khabarhub

थाई प्रधानमन्त्रीद्वारा आगामी आम निर्वाचनका लागि उम्मेदवारी घोषणा


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चाले आगामी वर्षको मे महिना अगावै थाइल्याण्डमा हुन लागेको आमनिर्वाचनका लागि आफूले उम्मेदवारी दिने तयारी गरेको शुक्रबार स्थानीय सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।

प्रयुत सन् २०१४ मा भएको सैनिक सत्तापलटपछि सेना प्रमुखका रूपमा सत्तामा आएका थिए भने सन् २०१९ मा प्रधानमन्त्रीका रूपमा चुनिएका थिए ।

राजधानी बैंककस्थित प्रधानमन्त्रीको सरकारी निवासबाहिर पत्रकारहरूसँग कुरा गर्दै उनले भने, “नवगठित युनाइटेड थाई नेशन पार्टीले मलाई अर्को निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बन्न सहयोग गर्ने प्रस्ताव गरेको छ । आज मैले यो भूमिकामा सामेल हुने निर्णय गरेको स्पष्ट पार्छु ।’’ प्रधानमन्त्री प्रयुतले सत्तारुढ गठबन्धनको नेतृत्व गरिरहेको पलाङ प्रचारथ पार्टी (पीपीआरपी) छोड्ने अपेक्षा गरिएको छ ।

पीपीआरपीले आफ्ना नेता तथा कार्यवाहक उपप्रधानमन्त्री प्रवित वोङसुवानलाई पार्टीको तर्फबाट उम्मेदवार बनाउने घोषणा गरेको छ । प्रयुत र प्रवित दुवैले थाइल्याण्डको सेनामा सेवा गरेका थिए । उनीहरूको राजनीतिक भाग्य दशकौंदेखि गाँसिएको बताइन्छ ।

दुई नेताबीचको सम्बन्ध अझै बलियो भएक पनि उनीहरूको राजनीतिक बाटो अलग रहेको बताइएको छ ।

गत सेप्टेम्बरमा संवैधानिक अदालतले प्रयुतको आठ वर्षे कार्यकाल सन् २०२५ मा समाप्त हुने फैसला सुनाएको थियो । थाइल्याण्डमा हालसम्म निर्वाचनको मिति तय गरिएको छैन, तर यदि चाँडै विघटन गरिएन भने मार्चमा संसदको कार्यकाल समाप्त हुनेछ । संसदको कार्यकाल सकिएसँगै आगामी मेमा मतदान गर्नेगरी निर्वाचनको तयारी हुनेछ ।

विपक्षी दल फेउ थाईले निर्वाचनमा उच्च सफलता पाउने सर्वेक्षण नतिजाहरूले देखाएका छन् । तर, सैन्य शासनअन्तर्गत निर्माण गरिएको वर्तमान थाई संविधानले प्रणालीलाई सेनासँग सम्बन्धित दलहरूको पक्षमा खडा गरेको छ ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ३ : ३० बजे

प्रक्रिया सुरु नहुँदै रोकियो स्वास्थ्य निकायका रिक्त पदाधिकारीको नियुक्ति

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रका विभिन्न निकायहरूमा

वन डिभिजनद्वारा वातावरण दिवसका अवसरमा कपडाका झोला वितरण

नेपालगञ्ज– विश्व वातावरण दिवसका अवसरमा प्लास्टिकमुक्त अभियानअन्तर्गत एक हजार थान कपडाका

छानबिन समिति संयोजक भन्छन् : सुधनको सम्पत्ति भिड्यो कि भिडेन म अहिले भन्न सक्दिनँ

काठमाडौं- तत्कालीन गृहमन्त्री सुधन गुरुङको सम्पत्ति र शेयर कारोबारबारे छानबिन

विपन्न परिवारलाई नयाँ घर

भोजपुर– हतुवागढी गाउँपालिका–२ लुङ्गिनमा आर्थिक रुपमा विपन्न दलित समुदायका आठ

मगर खाम भाषामा पठनपाठन सुरु गर्दै रघुगङ्गा

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकामा मगर खाम भाषामा पठनपाठन सुरु भएको