महिलालाई दिइने अधिकारले अफगानिस्तानको स्थीरता निर्धारण गर्छ : अमेरिकी प्रतिनिधि « Khabarhub

महिलालाई दिइने अधिकारले अफगानिस्तानको स्थीरता निर्धारण गर्छ : अमेरिकी प्रतिनिधि


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तानको स्थीरता त्यहाँ महिलाहरुलाई गरिने व्यवहारमा निर्भर गर्ने अमेरिकी अधिकारीले जनाएका छन् । अफगानिस्तानका लागि विशेष अमेरिकी प्रतिनिधि थोमस वेस्टले अफगानिस्तानको स्थीरता त्यहाँ महिलाले प्राप्त गर्ने अधिकारमा भर पर्ने जनाएका हुन् ।

खामा प्रेसले जनाएअनुसार अफगानिस्तानमा शासन चलाइरहेको तालिबानका प्रतिनिधिसँगको कुराकानीमा विशेष अमेरिकी प्रतिनिधि वेस्टले यस्तो टिप्पणी गरेका हुन् ।

अफगानिस्तानमा महिला अधिकार उल्लङ्घनका घटना बढेको भन्दै अमेरिकाले असन्तुष्टि जनाइरहेका बेला अमेरिकी प्रतिनिधिको यस्तो टिप्पणी सार्वजनिक भएको हो ।

तालिबानका प्रतिनिधिसँगको भेटवार्ताका क्रममा वेस्टले अफगानिस्तानको सुरक्षा अवस्थाबारे पनि चासो जनाएको खामाप्रेसले उल्लेख गरेको छ ।

खासगरी अफगानिस्तानमा अल कायदा र इस्लामिक स्टेटजस्ता आतंककारी समूहको सक्रियताप्रति अमेरिका चिन्तित रहेको बताइएको छ ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ८ : ११ बजे

पेट्रोलको मूल्य २० रुपैयाँले घट्यो

काठमाडौँ । पेट्रोल प्रतिलिटर २० र डिजेलको मूल्य ३० रुपैयाँले

चिडियाखानामा बर्डफ्लु नियन्त्रणमा

ललितपुर । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा गत असार ५ गते

सानेपाबाट कबाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले ललितपुरको सानेपाबाट कबाडी बोकेका

स्कुल बसले किच्दा ५ वर्षीया बालिका र सहचालकको मृत्यु

काठमाडौँ । सिरहा जिल्लाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडकखण्डमा स्कुल

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड

काठमाडौं । महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको योग्यतासम्बन्धी रिटमा सर्वोच्च अदालतले